बडुवाल टोलमा उत्थानशिल भबिष्य र बाल विवाह अन्त्यको लागी किशोरी समुह गठन


कञ्चनपुर । बालबालिका माथी हुने श्रम शोषण तथा यौन हिंसा लगाएत जोखिम न्युनिकरण र तिनको अधिकार संरक्षण गर्न किशोरी समूह गठन कार्य सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ , ७ र १० वडाहरुमा बालबालिका माथी हुने श्रम शोषण तथा लैगिंक हिंसा लगाएत जोखिम न्युनिकरण र तिनको अधिकार संरक्षणको निम्ती किशोरी समूह गठन कार्य सुरु गरिएको वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) का सामाजिक परिचालक छत्र बहादुर देउवा जानकारी दिनुभएको छ् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) र प्लान ईन्टरनेशनलको साँझेदारी र दोधारा चाँदनी नगरपालिकाको समन्वय र सहकार्यमा उत्थानशिल भबिष्य, बाल विवाह अन्त्य कार्यक्रम परियोजनाको पहिलो सत्र अन्तर्गत दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ , ७ र १० वडाहरुमा किशोरी समूह गठन सुरु गरिएको पेसवान का सामाजिक परिचालक छत्र बहादुर देउवाले बताउनुभयो । यसै क्रममा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ७ र १० वडाहरुमा किशोरी समुह गठन सुरु गरिएको उहाँले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा पेसवान संस्थाले बिभिन्न समयमा बिद्यालयको भवन निमार्ण, बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग लगाएत विपद्को बेला खाद्यान्न लगाएत सहयोग संस्थाले गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

उत्थानशिल भबिष्य, बाल विवाह अन्त्य कार्यक्रम परियोजनाको पहिलो सत्रमा किशोरीको हकहित तथा अधिकारलाई संरक्षण गर्न बहस र पैरवी गर्ने तथा त्यसपछिको समयमा किशोरीहरुलाई बिभिन्न प्रकारको सहयोगको कार्यक्रम रहेको उहाँले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाल बिवाहको तथ्यांक उच्च देखिएको हुदा यसलाई निर्मुल गर्न पेसवानको उत्थानशिल भबिष्य, बाल विवाह अन्त्य कार्यक्रम परियोजना महत्वपुर्ण रहने आफुले अपेक्षा राखेको नगर प्रमुख किशोर कुमार लिम्बुको भनाई छ् ।

पेसवान संस्थाले बिगत तीन बर्ष देखि शिक्षा ,स्वास्थ्य, बिपद, लैङ्गकि हिंसा लगाएत विभिन्न सामाजिक क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आईरहेको संस्थाले जनाएको छ् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img