दाताको सहयोगमा सिमलफाँटा खेलमैदानको गेट निर्माण


झलारी : दाताबाट प्राप्त सहयोगका आधारमा शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटा स्थीत खेलकुद मैदानको गेट निर्माण भैरहेको छ । सिमलफाँटा खेलमैदान गेट निर्माण समितिका संयोजक दान सिंह कुवँरका अनुसार दश जना दाताहरुले नगद, सिमेन्ट, बेल्डिंगतार, रिंगतार, रसि, सरिया, किला, निर्माण सामग्री ढुवानीका लागि सहयोग गरेका छन । जसबाट खेलमैदानको गेट निर्माणको कार्य अगाडी बढाउन संभव भएको उहाँको भनाई रहेको छ ।

सहयोगी दाताहरुबाट रु १९ हजार छ सय १६ रकम प्राप्त भएकोमा जस मध्ये रु १९ हजार १९ रकम खर्च भएको छ । नगरपालिकाको वडा नं १० का वडा अध्यक्ष लाल बहादुर ऐरबाट रु पाँच हजार, वडा नं ६ का वडा अध्यक्ष दान सिंह ऐरबाट रु तीन हजार, दिपकराज भट्टबाट रु दुई हजार, शिवसंकर बोहरा रु पाँच हजार, पदमराज जोशीबाट रु तीन हजार, प्रकास बहादुर सिंहबाट रु एक हजार पाँच, रतनलाल रानाबाट रु पाँच सय, यज्ञराज भट्टबाट रु पाँच हजार एक सय ११, हरिश चन्द १० कठ्ठ सिमेन्ट, हरेन्द्र घिमिरे एक ट्राली बालुवा लगायतबाट सहयोग प्राप्त भएको कुवँरले बताउनु भयो । गेट निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ उहाँले भन्नुभयो, फिनिसिंगको कार्य गर्न बाँकी रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img