दोधारा चाँदनीमा निमार्ण व्यवसायी र उपभोक्ता समितिले अनिवार्यरुपमा बृक्षरोपण गर्नु पर्ने


दोधारा । पर्याबरण सन्तुलन राख्न दोधारा चाँदनी नगरपालिकाले बृक्षरोपण कार्यलाई अघि बढाएको छ् । दोधारा चाँदनी नगरपालिका अन्तर्गत कार्यान्वय हुने बिकास निमार्ण कार्यहरुको कार्यान्वनको जिम्मा पाएका निमार्ण व्यवासायी, उभोक्ता समितिहरुले अनिवार्यरुपमा बृक्षरोपण गर्नु पर्ने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभएको छ् । पर्यावरण सन्तुलन र नगरमा हरियाली बनाउन उक्त निर्णय गरिएको उहाँले बताउनुभयो ।

रु. ५ लाख सम्म निमार्णको जिम्मा पाएका उपभोक्ता समिति, निमार्ण कम्पनीले २० बोट, ५ लाख देखि १० लाख सम्मका जिम्मा पाएकाले १ सय बोट, ५० लाख देखि १ करोड सम्म निमार्ण कार्यको जिम्मा पाएकाले २ सय बोट र १ करोड भन्दा माथी लागतको जिम्मा पाएका उभोक्ता समिति र निमार्ण कम्पनीले ५ सय बिरुवा अनिवार्य रोप्नु पर्ने दोधारा चाँदनी नगरपालिका कार्यपालिकाले निमार्ण गरेको हो ।

बृक्षरोपणको क्षेत्र दोधारा चाँदनी नगरपालिका कार्यालयले तोक्ने र सो मा लाग्न’ सम्पुण खर्च उभोक्ता समिति र निमार्ण कम्पनीले व्यवहोर्नु पर्ने बताईएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img