कञ्चनपुर : आजदेखि कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा खुला नकआउट फुटवल प्रतियोगिता हुन लागेको छ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वको अवसरमा बेलडाँडीमा रहेको अल स्टार युवा क्लबको आयोजनामा आठौं संस्करण बेलडाँडी खुल्ला नकाउट फुटवल प्रतियोगिता ०८२ संचालन हुन लागेको हो ।

अलस्टार युवा क्लबका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक मनोज खडायतले दिउँसो औपचारिक रुपमा उद्घाटन हुने बताए । आयोजकका ३ सहित १६टिमविच प्रतिस्पर्धा हुनेछ । आठौं संस्करण बेलडाँडी खुला फुटवल प्रतियोगिता क्लबकै सबै भन्दा ठुलो धनराशिको प्रतियोगिता आयोजना हुन लागेको जनाएको छ । खेलकुद विकासका र समाज रुपान्तरणका लागि स्थापन भएको क्लबले नयाँ ढंगले अगाडी अग्रसर रहनका लागी युवाहरुको एकरुपता संगै युवा जमाता तातेपछि आजसम्मकै क्लबले आयोजना गर्ने प्रतियोगिता भन्दा ठुलो धनराशि ८२ हजार नगद ट्रफी, प्रमाण पत्र, मेडल सहितको व्यवस्था गर्ने बताए ।

अलस्टार क्लबका अध्यक्ष लोक बहादुर बलायरले बेलडाँडी गाँउपालिका प्रमुख हरिचन्द्र रानाको प्रमुख आथित्यमा उद्घाटन गरेर खेलहरु निरन्तर खेलाईनेछन । क्लबलाई जिल्लामै नयाँ ढंगले प्रस्तुत गर्न लागिएको बताउँदै प्रतियोगिता वडा नं १ को गौरा महेश्वरी र कालिका मन्दिरको छेउमै रहेको फुटवल मैदानमा आयोजना हुने छ।अलस्टार क्लबका सचिव धन बहादुर महताले प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ८२ हजार नगद रुपैयाँ, ट्रफी, प्रमाणपत्र, र द्वितिय हुनेलाई ४५ हजार रुपैया पुरस्कार प्रदान गरिने बताए ।

सचिव महताले अन्य विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको टिम दर्ता शुल्क ६ हजार १ सय राखिएको थियो । खुला फुटवल प्रतियोगितामा सहभागी हुन सबै खेलप्रेमिलाई क्लवले अनुरोध समेत गरेको छ । हरेक बर्ष सुदुरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हुने खेलकुद प्रतियोगिताले संस्कृतिसंगै खेलकुद बृद्धि विकासमा टेवा पु¥याएको छ ।






