बाढीको जोखिम बढेपछि जर्का टोलका ५ घरपरिवार बिद्यालयमा आश्रय


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ८ जर्का टोलमा बाढीको उच्च जोखिम बढे संगै ५ घरपरिवार बिद्यालयमा आश्रय लिएका छन् । दोधारा चाँदनी नगरपालिकाको जर्का टोलका ५ घरपरिवार बाढीको जोखिम बढेसंगै नजिकै रहेको जनज्योती माध्यमिक बिद्यालयमा सुक्रवार देखि आश्रय लिएर बसेको दोधारा चाँदनी नगरपालिकाकार्यालयका विपद् फोकल पर्सन अमृत विकले जानकारी दिनुभएको छ् । जगबुडा नदीको छेउमा रहेको जर्का टोलका ५ घर धुरीको २५ जना स्थानिय बिद्यालयमा आश्रय लिएको उहाँले बताउनुभयो ।

जसमा १६ जना महिला, ९ जना पुरुष रहेका छन् । मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गते सम्म हावाहुरी संगै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै स्थानीयस्तरमा पूर्वतयारी थालिएको हो ।

दोधारा चाँदनी नगर क्षेत्रमा रहेको सामुदायिक विपद् व्यवस्थापन समितिहरुले तटिय क्षेत्रमा बसोबास गर्दै आएका स्थानियबासीहरुलाई स्थानीयलाई सुरक्षित रहन आग्रह गर्दै घरदैलो गर्दै आएको सामुदायिक विपद् व्यवस्थापन समितिहरुले बताएका छन् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img