बजेट शून्यताको अन्त्य गर्दै शीघ्र बजेट ल्याउने र बजेटमा हुने बेथिति रोक्ने विषयमा सर्वदलीय सहमति


धनगढी : सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच बजेट शून्यताको अन्त्य गर्दै शीघ्र नयाँ बजेट ल्याउने विषयमा छलफल भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा प्रदेशको बजेट निर्माणलाई तीव्रता दिने तथा बजेटमा देखिँदै आएका बेथिति अन्त्य गर्ने विषयमा छलफल भएको हो ।

बैठकमा टुक्रे तथा छरिएका योजनालाई निरुत्साहित गर्दै प्रदेशको आवश्यकता र प्राथमिकताका आधारमा बजेट तथा योजना निर्माण गर्ने विषयमा दलहरूबीच छलफल भएको थियो । प्रदेश सभा सदस्यहरूले सिफारिस गर्ने योजनासमेत ठूला, रणनीतिक र आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिइएको थियो ।

प्रदेशको समग्र विकासमा प्रभाव पार्ने ठूला तथा प्राथमिकताप्राप्त योजनालाई बजेटमा समेट्ने र अनावश्यक तथा टुक्रे योजनाका कारण बजेटमा हुने बेथिति रोक्ने बैठकले निर्णय गरेको छ । बजेट निर्माण प्रक्रियालाई तीव्रता दिदै छिटो बजेट पारित गरेर बजेट शुन्यताको अन्त्य गर्ने समेत बैठकले निर्णय गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img