कञ्चनपुर : नेपाल बाल संगठन (बाल मन्दिर) कञ्चनपुरको अध्यक्षमा दिर्घराज भट्ट चयन भएका छन । बुधबार महेन्द्रनगरमा बाल मन्दिर कञ्चनपुरको जिल्ला सभाले अध्यक्षमा भट्ट चयन भएका हुन । सदस्यहरुमा गोपी कडेल, धर्मसिह भाट, महेश भट्ट, पार्वती अवस्थी, तर्कराज भट्ट, राम बहादुर कुँवर चयन भएका छन ।

नेपाल बाल संगठन (बाल मन्दिर)का अध्यक्ष विद्या उपाध्याय(न्यौपाने)को प्रमुख आथित्यमा भएको जनाएको छ । नेपाल बाल संगठन (बाल मन्दिर) कञ्चनपुरको अध्यक्षमा दिर्घराज भट्टले बाल हक अधिकारका क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।







