कालिका लायन्स क्लबद्वारा रक्तदान


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको कालिका लायन्स क्लबले रक्तदान गरेको छ । कालिका लायन्स क्लबले विश्व मानवता दिवसको अवसरमा मंगलबार महेन्द्रगनरमा महेन्द्रनगरमा रहेको कालिका लायन्स क्लबले रक्तदान गरेको हो ।

कालिका लायन्स क्लबले नेपाल रेडक्रस सोसाईटीसंगको प्राविधिक सहयोगमा भीमदत्त नगरपालिका ४महेन्द्रनगर संविधान चोकमा रक्तदान गरेको जनाएको छ । कालिका लायन्स क्लबका अध्यक्ष हेलेन श्रेष्ठले समाजिक कामका लागि रक्तदान गरेको बताईन ।

उनका अनुसार क्लबका महिला सहितका १५ जनाले रक्तदान गरेका छन । समाजिक सेवाका लागि गरिएको रक्तदान बिरामीलाई टेवा पुग्नेछ ।


ताजा समाचार

spot_img