दोधारा चाँदनीमा नगर प्रहरीले थाल्यो साताव्यापी सरसफाई अभियान, स्थानियहरु खुशी

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नगर प्रहरीले साता व्यापी सरसफाई अभियान थालेको छ् । दोधारा चाँदनी नगर प्रहरीले दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्ड क्षेत्रमा साता व्यापी सरसफाई अभियान थालेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्ड क्षेत्रमा साता व्यापी सरसफाई कार्यको सुरुवात गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रहरी तिलकराज भट्टले जानकारी दिनुभएको छ् । दिन प्रतिदिन वढ्दै गईरहेको सडक दुर्घटना रोकथाम संगै न्युनिकरण गर्न दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्डमा सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको नगर प्रहरी हवल्दार तिलकराज भट्टले बताउनुभयो ।

सडक छेउमा रहेको झाडीको कारण दुर्घटनाको जोखिम बढेपछि नगर प्रहरीले सडक छेउको झाडी समेत हटाउने काम सञ्चालन गरिएको उहाँले बताउनुभयो । सडकमा उम्रेका झााडी तथा फोहरका कारण सडक दुर्घटना हुने तथा डेंगु तथा मलेरिया जस्ता रोग लाग्ने भएको हुदा साताव्यापी सरसफाई अभियानलाई अघि बढाएको नगर प्रहरी हवल्दार तिलकराज भट्टको भनाई छ् ।

सरसफाईले गर्दा वातावरण सफा र चिटिक्क देखिने र दुर्घटना न्युनिकरणमा ठुलो सहयोग पुग्ने बताईएको छ् । साताव्यापी सरसफाई अभियानमा दोधारा चाँदनी नगरपालिकाका १५ जना नगर प्रहरी परिचालित भएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

नगर प्रहरीले सुरु गरेको सरसफाई अभियान प्रति स्थानियबासीहरुले खुशी प्रकट गरेका छन् ।

 

ताजा समाचार