शुक्लाफाँटाका दलित समुदायका सत्तरी बालबालिकालाई शैक्षिक सहयोग


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका आर्थिक अबस्था कमजोर रहेका दलित समुदायका सत्तरी बालबालिकालाई आज शैक्षिक सामग्री सहयोग गरिएको छ । चालु आबको नगरपालिकाको दलित लक्षित वर्गको मागमा आधारित कार्यक्रम अन्र्तगत राष्ट्रिय हलिया मुक्त समाज कञ्चनपुरको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा अति विपन्न परिवारका दलित समुदायका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो । नगरपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ देखि १० सम्मका अति विपन्न दलित परिवारका ७० जना बालबालिकालाई १५ वटाका दरले कापी, एक वटाका दरले झोला, एक जोरका दरले विद्यालय पोशाक, एक थानका दरले औजार बक्स लगायतका सामग्री सहयोग गरिएको समाजका अध्यक्ष शिवि लुहारले बताउनु भयो ।

नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयबाट तीन जना दरले अति विपन्न दलित बालबालिकाको छनौट गरि नाम पठाएको आधारमा शैक्षिक सामग्री वितरणको कार्य गरिएको उहाँले जानकारी दिनु भयो । शैक्षिक सामग्री नगर प्रमुख रण बहादुर महरा, उप प्रमुख कल्पना कुमारी जोशी पन्त, दलित अधिकारकर्मी गोविन्द नेपाली, अनिता नेपाली, गणेश विक, समाजसेवी दिपक भट्ट लगायतले बालबालिकालाई एक कार्यक्रमका विच वितरण गर्नु भएको छ । कार्यक्रमा मन्तव्य राख्नु हुदै नगर प्रमुख महराले शिक्षा पाउनबाट कोही पनि बञ्चित हुुनुहुदैन भनेर नगरपालिकाको बजेटको ठुलो हिस्सा शिक्षा क्षेत्रमा खर्चिएको बताउनु भयो ।

उहाँले शिक्षाको गुणस्तर सुधारका लागि बिषयगत, कक्षागत शिक्षक व्यवस्थापन संगै सामुदायिक विद्यालयमा स्थायी दरबन्दीका प्रध्यानाअध्यापकको व्यवस्था गरिएको चर्चा गर्नु हुदै उहाँले एक वर्ष नपुग्दै विगतको तुलनामा कक्षा आठको वोर्ड परिक्षाको नतिजा सन्तोषजनक आएको बताउनु भयो । शिक्षामा गरिएको लगानीको प्रतिफल विस्तारै देखिदै जाने भएकाले सामुदायिक विद्यालय सुधारका लागि कटिवद्ध भएर अगाडी बढेको उहाँले उल्लेख गर्नु भयो । नगर उप प्रमुख कल्पना कुमारी जोशी पन्तले दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच कसरी बढाउन सकिन्छ भन्ने बारे चिन्तन र मनन गर्नु पर्ने बताउनु भयो ।

“विद्यालय भर्ना भएपनि विचमै विद्यालय छाडनेमा दलित समुदायका बालालिका अधिक रहेका छन” उहाँले भन्नुभयो, “वर्ष भरी विद्यालयमा टिकाई राख्नका लागि शैक्षिक सामग्री, पोशाक वितरण, दिवा खाजा लगायतका कार्यक्रमले सघाउ पुग्छ, त्यसलाई प्रभावकारी बनाईनु पर्छ ।” दलित अधिकारकर्मी गोविन्द नेपालीले सानो सहयोगले ठुलो अर्थ राख्ने भएकाले शैक्षिक सामग्री वितरण लगायतका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । दलित समुदायका विद्यार्थी संगै अभिभावकको आर्थिक अबस्थामा सुधार ल्याउनका लागि नगरपालिकाबाट थोरै मात्रै बजेट विनियोजन हुने भएकाले त्यसको आकार बढाईनु पर्ने अनिता नेपालीले बताउनु भयो । आधारभुत तह सम्म निःशुल्क शिक्षा भनिए पनि सामुदायिक विद्यालयहरुले विभिन्न शिर्षकमा दलित बालबालिकाबाट शुःल्क अशुल्दै आएकाले त्यो बन्द हुनु पर्ने दलित अगुवा गणेश विकले बताउनु भयो ।


ताजा समाचार

spot_img