कञ्चनपुर : रामजानकी योग साधना केन्द्रले आफ्नो प्रथम वार्षिकोत्सव धुमधामका साथ मनाएको छ। भीमदत्तनगरको वडा नं. १५ मा रहेको रामजानकी योग साधना केन्द्रको आज एक वर्ष पुरा भएको छ ।

पतञ्जलि योग केन्द्र कञ्चनपुरको आयोजनामा २०८१ जेष्ठ २६ गते देखि ३० गते सम्म दशरथ आधारभुत विद्यालयमा पाँच दिने शिविर चले पश्चात योग साधकहरुले अनुरोध गरेपछि भीनपा १५ का वडा अध्यक्ष भुवन भट्टले भीनपा १५ वडा कार्यालयको हलमा जेष्ठ ३१ गते देखि योग कक्षा सञ्चालन गर्न अनुमति दिएका थिए । योग सञ्चालनको पहिलो दिन योग कक्षाको उद्घाटन पनि अध्यक्ष भट्टले गरेका थिए । त्यसपछि भीनपा १५को वडा कार्यलयको हलमा निरन्तर योग कक्षा सञ्चालन हुदै आएको छ ।

प्रत्येक दिन बिहान ४ः३० देखि ६ बजे सम्म योग कक्षा सञ्चालन हुने गर्दछ । रामजानकी साधना केन्द्रका संयोजक करबीर भण्डारीको संयोजकत्वमा योग गुरु रुपेश भट्ट, एन्जिला पाल, लक्ष्मी जोशी, साधना भट्ट, यमकला खरेल, र तारा शाहीले योग सिकाउने गर्नु भएको छ । रामजानकी योग साधना केन्द्रले एक वर्षको अवधिमा प्रत्येक दिन योग गर्नुका साथै तिन स्थानमा योग शिविर पनि सञ्चालन गरेको छ । जसमा योग गुरु समेत रहेका साधना भट्टको घरमा, रामजी चौक र निम्बुखेडा स्थित रेडियण्ट माध्यमिक विद्यालयको प्राङ्गणमा भएको छ । निरन्तर योगमा आउने साधकहरुले योग बाट प्रत्यक्ष फाइदा भएको बताउँछन् । विभिन्न रोगको औषधी सेवन गर्ने बिरामीले पनि योग साधना गर्न लागे पछि औषधीको सेवन गर्नू नपरेको बताउँछन् ।

रामजानकी योग साधना केन्द्रले वार्षिकोत्सवको अवसरमा पाल्नुहुने आगन्तुकहरूलाई स्वागतका साथ मायाको चिनो पनि प्रदान गरेको थियो र आगामी दिन पनि वहाँहरूको साथ सहयोगको अपेक्षा राखेको संयोजक करबीर सिह भण्डारीले बताए । आज भएको वार्षिकोत्सव कार्यक्रमका सभापतित्व रामजानकी योग साधना केन्द्रका संयोजक करबीर सिह भण्डारी रहनु भएको थियो भने प्रमुख अतिथि पतञ्जलि योग केन्द्रका सदस्य लवराज भट्ट रहनु भएको थियो त्यसै गरी अतिथिमा पतञ्जलि योग केन्द्रका जिल्ला अध्यक्ष दयाकृष्ण जोशी, वरिष्ठ उपाध्यक्ष धनसिह बढाल, उपाध्यक्ष हरि सिह रावल, महासचिव प्रेस सिह भाट, जिल्ला सङ्गठन विभाग प्रमुख पवन कुमार पनेरु कोषाध्यक्ष सम्सेर बहादुर चन्द, , महिला जिल्ला अध्यक्ष कमला पाण्डेय, महिला उपाध्यक्ष भावना के.सी., भूतपूर्व पतञ्जलि जिल्ला महिला अध्यक्ष विजया लक्ष्मी अवस्थी, नगर अध्यक्ष जनक बोहरा, नगर महिला उपाध्यक्ष ईशु बम चन्द, नगर महासचिव महेश चन्द रहेका थिए ।






