पप्पु गुरुङ्ग, दोधारा । बाढीको उच्च जोखिममा रहेका दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीका घरको छानोमा सांकेति रातो झण्डा टाँगिएको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीका घरका छानाहरुमा सांकेतिक रातो झण्डा टाँगिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सु्द्दढ परियोजना अन्तर्गत कुतियाकवर बस्तीमा बाढीको पुर्व तयारीको लागी घरको छानोमा रातो सांकेतिक झण्डा र घरमा सबैले देखिने प्रकारले सुचना पाटी टाँगिएको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीका स्थानियबासी टेक बहादुर बुढाले बताउनुभयो । कुन घरमा बालबालिका, अपागता भएका ब्यक्ती, अशक्त ब्यक्ती, सुत्केरी, जेष्ठ नागरिक रहेका छन् भन्ने सांकेतिक रातो झण्डाले चिनाउने भएको हुदा बाढी आएको बेला उद्धार कार्यमा सहजता संगै, राहत लगाएत अन्य कार्यको लागी घरको छानोमा टाँगिएको रातो झण्डाले टाढैबाट सहजै थाहा पाउन सकिने उहाँले बताउनुभयो ।

कुतियाकवर बस्तीमा ४२ घरधुरीका छानोमा सांकेतिक रातो झण्डा टाँगिएको छ् । घर परिवारको सम्पुर्ण बिबरण समेत हुने गरि घर–घरमा सबैले देखिने गरि एक सुचना पाटी समेत लगाईएको कुतियाकवर बिपद् ब्यवस्थापन समितिका संयोजक टेक बहादुर बुढाको भनाई छ् ।

बाढीको उच्च जोखिममा रहेको घरपरिवारलाई उद्धार गर्न तथा राहत तथा अन्य कार्यमा सहजताको लागी यस वर्ष नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सु्द्दढ परियोजना अन्तर्गत कुतियाकवर विपद् व्यवस्थापन समिति दोधारा चाँदनीले सांकेतिक झण्डा सहित घर–घरमा सुचना पाटी टाँगिने कार्य भएको स्थानियबासी रुपा सुनारले बताउनुभएको छ् ।

बाढीग्रस्त भनिएर चिनिएको कुतियाकवर बस्ती महाकाली नदी र जगबुडा नदीको दोभानको बस्ती हो । बाढीको बेला मानविय र धनमालको क्षती रोक्न स्थानिय सरकार र संघ–संस्थाले बिभिन्न कार्य सञ्चालन गर्दै आएको छ् ।
