कञ्चनपुर : नेकपा बहुमत निकट युवा संगठनले उच्च अदालत बिरगन्ज एक न्यायाधिशमाथि मोसो छ्यापेका छन । बहुमत निकट कम्युनिष्ट युवा संगठन नेपालले जिउँदै मानिसलाई ईट्टाभट्टामा जलाउने काँग्रेस नेता आलमलाई सफाई किन ? दिएको भन्दै बिहीबार कार्यकक्षमै पुगेर न्यायाशीघ खुसीराम थारुलाई मोसो छ्यापेका हुन ।

०६४साल चैत्र २८ गते सम्पन्न भएको पहिलो संविधान सभा सदस्य निर्वाचनमा मतदाता त्रसित पार्नका लागि बम बनाउने क्रममा घाईते भएका नेपाली तथा भारतीय नागरिकलाई जिउँदै ईटाभट्टामा हालेर जलाएका पुर्व सासद आलमलाई जिल्ला अदालतबाट दोषि ठहर भएपनि उच्चले सफाई दिएपछि त्यसको सर्वत्र बिरोध भईरहेको छ ।

न्यायालयबाट समेत कहिलेकाही पीडितलाई झन अन्याय दिने काम भएको भन्दै न्यायाधिशको टिकाटिप्पणी मात्रै होईन बिरोध भईरहेको छ ।







