अधिकारकर्मी शारदा चन्द राष्ट्रिय जेष्ठ नागरिक महासंघको बरिष्ठ उपाध्यक्षमा निर्वाचित


कञ्चनपुर : अधिकारकर्मी शारदा चन्द राष्ट्रिय जेष्ठ नागरिक महासंघको केन्द्रीय बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी छिन । कञ्चनपुर महेन्द्रनगर घर भएकी अधिकारकर्मी चन्द राष्ट्रिय जेष्ठ नागरिक महासंघको केन्द्रीय बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी हुन ।

मंगलबार राष्ट्रिय जेष्ठ नागरिक महासंघको ११औँ साधारण सभा तथा राष्ट्रिय महाधिवेशनबाट चन्दले आफ्ना प्रतिस्पर्धी श्याम ढकाललाई भारी मतले पराजित गर्दै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको जनाएको छ । चन्दले ७सय ७१ र ढकालले १सय २मत ल्याएकी थिईन । महेन्द्रनगर स्थित बृद्धआश्रमकी अध्यक्ष समेत रहेकी अधिकारकर्मी चन्दले देशभरका जेष्ठ नागरिक असाहय नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।

यस्तै गरी राष्ट्रिय जेष्ठ नागरिक महासंघको केन्द्रीय अध्यक्षमा सुर्य प्रशाद श्रेष्ठ, महासचिव मोहनलाल श्रेष्ठ, कोषाध्यक्ष केदारनाथ तिम्लिसिना, सदस्य गोपाल प्रशाद खनाल, ओम प्रकास ढकाल, गोबिन्दमणी भुर्तेल, लक्ष्मीदेवी श्रेष्ठ, रमेश कुमार दत्त, बासुदेव शर्मा, पंकज दाहाल र लेखा संयोजकमा देवी प्रसाद देवकोटा चयन भएका छन ।


ताजा समाचार

spot_img