बैजनाथ मावि जडेपानीका विद्यार्थी राष्ट्रिय खेलका लागि छनौट

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका २ जडेपानी बैजनाथ माध्यामिक विद्यालयका विद्यार्थी राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन । २४ र २५ जेठ सुदूरपश्चिम प्रदेश स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता छनौटमा बैजनाथ माध्यामिक विद्यालयका विद्यार्थी छनौट भएको विद्यालयले जनाएको छ ।

बैजनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक नवराज पन्तले कञ्चनपुरको प्रतिनिधित्व गर्दै विदालयबाट कराते, एथलेटिक्समा सहभागि विद्यार्थी राष्ट्रिय प्रतियोगिताका लागि छनौ भएको बताए । प्रअ पन्तका अनुसार कराते तर्फ विपना खडका, एथलेटिक्स ३हजार मिटर दौड तर्फ लक्ष्मी भट्ट छनौट भएका छन । कराते तर्फ अञ्जु थापामगर दोस्रो र पारस ऐडीले तेस्रो स्थान हासिल गरेका छन । एथलेटिक्स तर्फ सयमिटर रिले दौडमा ममता साउद र ज्याभलिङ्ग सटफुट तर्फ सागर भट्ट तेस्रो भएका छन ।

प्रदेश स्तरमा सहभागिदेखि राष्ट्रिय स्तरका लागि छनौट भएका खेलाडी विद्यार्थीलाई एक कार्यक्रमका विच प्रअ पन्त सहित सहायक प्रअ थिरेन्द्रचन्द्र भट्ट, एथलेटिकस प्रशिक्षक लोक बहादुर पातली, कराते प्रशिक्षक चन्द्र दयार सहितका शिक्षकहरुले स्वागत, धन्यवाद बधाई ज्ञापन गरेका छन ।

ताजा समाचार