बेलौरीमा गर्मी विदा

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकामा गर्मी विदा दिएको छ । पछिल्ला दिनहरुमा प्रचण्ड गर्मी बढीरहेको बेलौरी नगरपालिकाले गर्मी दिएको हो । सोमबार नगरपालिकाले सुचना जारी गर्दै्र गर्मी विदा दिएको जनाएको छ ।

गर्मीका कारण विद्यार्थी, शिक्षक, कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै बर्षे विदाबाट मिलान हुने गरेर २७ र २८ जेठ दुई दिन विदा दिएको छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले हस्ताक्षर गरेको सुचनामा नगर प्रमुख स्तरिय निर्णयबाट विदा दिएको जनाएको छ ।

ताजा समाचार