विश्व वातावरण दिवसको अवसरमा रेडियण्ट मा.वि. मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न


कञ्चनपुर :विश्व वातावरण दिवसको अवसर पारेर रेडियन्ट माद्यमिक विद्यालयले फरक फरक विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरु बिच “वातावरण प्रदुषण समस्या र समाधान” विषयमा वक्तृत्वकला प्रतियोगित भएको थियो । विद्यालयका भाइस प्रिन्सिपल उषा विष्टको सभापतित्वमा भएको उक्त प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षिकाहरु सुनिता कार्की र देवकी पन्त रहनुभएको थियो । सो प्रतियोगितामा कक्षा ८ की छात्रा सविता भण्डारी प्रथम, कक्षा ८ कै छात्र प्रशान्त बम द्वित्तिय र कक्षा ६ का छात्र रितेश जोशी तृतीय भएका थिए ।

त्यस्तै दिवसकै अवसरमा कक्षा ९ देखि १० सम्मका विद्यार्थीहरुको लागि “वातावरण संरक्षणमा विद्यार्थीहरुको भूमिका” विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दको सभापित्वमा भएको सो प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षिकाहरु जगदेश्वरी पन्त र सुनिता कार्की रहनुभएको थियो । प्रतियोगितामा कक्षा ९ की छात्रा स्मृति भट्ट प्रथम, कक्षा ९ कै छात्रा निशा रावल द्वित्तिय र कक्षा १० की छात्रा जानकी धामी तृतिय भएका थिए ।

कार्यक्रममा बोल्ने बिद्यार्थीहरुले बढ्दो वातावरण प्रदुषणले बिभिन्न खाले रोगहरु निम्त्याउने गरेको हुँदा प्रदुषण कम गर्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै सरकारले आवश्यक नीति तथा कार्यक्रमहरु तर्जुमा गरी प्रभावकारी कार्यान्वय गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै विद्यालयका भाइस प्रिन्सिपल उषा विष्टले पछिल्लो समयमा वातावरण प्रदुषणले मानिसको स्वास्थ्यमा प्रतिकुल असर पारेकोले यसबाट जोगिनका लागि विद्यार्थीहरुलाई सचेत गराउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले विद्यार्थीहरुलाई आ-आफ्नो घर तथा टोललाई सफा राख्न समेत सुझाव दिनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले वातावरण प्रदुषण नेपालको मात्र नभएर विश्वकै समस्या भएकाले विद्यार्थीहरुले आफ्नो घर, छिमेक तथा गाउँमा सचेतना जगाई वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले विद्यालयले यस प्रकारका कार्यक्रमहरुमा विद्यार्थीहरुलाई प्रत्यक्ष सहभागी गराउदै आएको बताउनुभयो । साथै वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुमा बोल्ने कला र तार्किक क्षमताको विकास हुने हुँदा प्रत्येक विद्यार्थीहरुलाई विद्यालय तहबाटै असल वक्ता र निर्धक्क साथ बोल्न सक्ने बानीको विकास गराउन उक्त कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल चन्दले बताउनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img