शुक्रबारदेखि महेन्द्रनगरमा काँग्रेसको प्रशिक्षण


कञ्चनपुर, : शुक्रबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा नेपाली काँग्रेसले नेता कार्यकर्ता प्रशिक्षण दिन लागेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति कञ्चनपुरको आयोजना तथा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजनमा २३ र २४ जेठमा दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेर नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिन लागेको हो ।

नेपाली काँग्रेस कञ्चनपुरका सपसभापति मिन बहादुर सिहले प्रशिक्षण कार्यक्रमको तयारी पुरा भएको बताए । उपसभापति सिहले बिहान ८बजेदेखि सहभागिको नाम दर्ता लगत्तै प्रशिक्षण कार्यक्रम हुने बताए ।

उनका अनुसार जिल्ला पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, क्षेत्र, प्रदेश, नगर, गाँउ कार्य समितिका पदाधिकारी सहभागि हुनेछन । पाटी केन्द्रीय तथा पुर्वमन्त्रि एनपि साउदबाट उद्घाटन हुनेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img