कञ्चनपुर । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ नाराको साथ विश्व वाताबरण दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सरसफाई तथा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ् । वाताबरण दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाबाथान बजार क्षेत्रमा बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । बाबाथान बजार, लक्ष्मी माध्यमिक बिद्यालय, मिलन चौराह लगाएत क्षेत्रमा सरसफाई संगै सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो । उक्त क्षेत्रमा रहेको कुहिने र नकुहिने फोहरलाई संकलन गरि व्यवस्थापन गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख किशोर कुमार लिम्बुले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वत: सफा हुनसक्ने धारणा राख्नुभएको छ् ।

वातावरण सम्बन्धी जनचेतना फैलाउने र बजार सरसफाई गर्ने उद्धेश्यका साथ दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । आफ्नै घरबाट सरसफाईको शुरुवात गरेमा मात्र टोल र सम्पूर्ण नगर सफासुग्घर हुने उहाँले बताउनुभएको छ् । नगरप्रमुख लिम्बुले सरसफाई र वातावरण संरक्षणमा नगरवासीहरुको अहम भुमिका रहेको धारणा राख्नुभयो । सरसफाई तथा सचेतनामुलक कार्यक्रममा नगर प्रहरी, उत्थानशिल युवा सञ्जाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बजार व्यवस्थापन समिति, संघ–संस्था, जनप्रतिनिधीको साँझा उपस्थिती रहेको थियो ।

हरियाली र सुन्दर सहर निर्माण गर्न सबै पक्ष जुट्न जरुरी रहेको र मानव समाज र प्रकृति बीचको सम्बन्धलाई सुमधुर राख्न यिनीहरुको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्नु हाम्रो साझा कर्तव्य भएको सामाजिक अभियन्ता प्रभुनिधी पन्तले बताउनुभयो । नयाँ पुस्तालाई यहाँको सम्पदा प्रतिको माया र अपनत्व कायम राख्न यस किसिमको सरसफाई कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ् ।

वाताबरणलाई स्वच्छ र हराभरा राख्न सबैको सामूहिक दायित्व रहेको बताउदै सामाजिक अभियन्ता प्रभुनिधी पन्तले नगर क्षेत्रको साताव्यापी सरसफाई कार्यक्रम, बृक्षरोपण लगाएत कार्य निरन्तर गर्दै जानु पर्ने बताउनुभएको छ् ।
यस्तै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोग र जमुना आधारभुत बिद्यालय क्षेत्रमा बृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको खबर प्राप्त भएको छ् ।
