माओवादी भीमदत्त नगर ३ को वडाध्यक्षमा सुरेन्द्र विष्ट

कञ्चनपुर : नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ३को वडा अधिवेशन सम्पन्न भएको छ । मंगलबार तिलकपुरमा माओवादी केन्द्र भीनपा ३को दोस्रो वडा अधिवेशन सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता डम्बर कुँवरले वडा कमिटिको अधिवेशन सम्पन्न भएको बताए ।

उनका अनुसार अधिवेशनबाट युवा नेता सुरेन्द्र विष्टको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि चयन गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माया नेगीको प्रमुख आथित्यमा पाटी सुप प्रदेश कमिटि सदस्य उपेन्द्र कुँवर, नगर इन्चार्ज लोकराज जोशी, नगर सदस्य कमल नेपाली, युवा नेता डम्बर कुँवर सहितको उपस्थिति रहेको थियो ।

माओवादी नगर, जिल्ला, प्रदेश, केन्द्रीय कमिटिका नेताहरुले वडा कमिटिलाई जनताका समस्या उठान गर्दै जनहित र सुशासनका क्षेत्रमा काम गर्न आब्हान गरेका छन ।

ताजा समाचार