कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगर अस्पतालमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ् । दोधारा चाँदनी नगर प्रहरीले बिगत लामो समय देखि फोहर रहेको नगर अस्पतालको हातामा सरसफाई गरि सफा सुग्घर बनाएको दोधारा चाँदनी नगर अस्पतालले जनाएको छ् । अस्पताल नजिकै दुर्गन्धीत अवस्थामा रहेको फोहरहरुलाई नगर प्रहरीको टोलीले व्यवस्थापन गरेको अस्पतालका डा. आदीत्य कुमार वर्माले बताउनुभएको छ् ।

अस्पतालमा फोहरले समस्या भएको अवस्थामा नगर प्रमुख किशोर कुमार लिम्बुको निर्देशनमा फोहरलाई व्यवस्थापन गरिएको डा. आदित्य कुमार बर्माले बताउनुभएको छ् । संकलन गरिएको फोहरलाई खाल्डो खने व्यवस्थापन गरिएको उहाँले बताउनुभएको छ् । नगर प्रहरीले सरसफाई कार्यक्रम सम्पन्न गरे संगै स्थानियबासीहरुले खुशी प्रकट गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले अस्पताल लगाएर नगर क्षेत्रमा नगर प्रहरी, उत्थानशिल युवा सञ्जाल लगाएत स्थानियबासीको सहयोगमा बेलाबेलामा सरसफाई गर्दै आएको बताउनुभएको छ् ।

आगामी दिनहरुमा समेत सरसफाई कार्यक्रम सञ्चालन गर्दै जाने कार्यक्रम रहेको उहाँको भनाई छ् ।
