पर्यावरण सरक्षण चुरे क्षेत्रका सामुदायिक वनमा तारबार


कञ्चनपु्र : वन, पर्यावरण, बन्यजन्तु सरक्षणका लागि कञ्चनपुरको उत्तरी भेगका चुरे क्षेत्रका सामु्ुदायिक वनमा तारबार जडान गरिएकोे छ । बेदकोट नगरका दुई सामुदायिक वनमा तारबार जडान गरिएको हो । चुरे सरक्षण सञ्जाल नेपाल सहितको स्थानीय सरकारको संयुक्त आयोजनामा तारबार लगाएको जनाएको छ ।

चुरे सरक्षण सञ्जाल नेपालका व्यवस्थापक करन भट्टले पश्चिम तराई भू परिधी कार्यक्रम अन्र्तरगत दुई सामुदायिक वनका तारबार जडान गरिएको बताए । उनका अनुसार बेदकोट नगरको अमर र त्रिवेणी सामुदायिक वनमा तारबार जडान गरिएको छ । त्रिबेणीमा ५२०बर्ग वर्गमिटर र गणेशमा १सय ६२मिटर मेयवायर तारजाली निर्माण गरिएको छ । गणेश सामुदायिक वनका अध्यक्ष मोहन बहादुर चन्दले सामुदायिक वनमा तारबार गरिएसगै सरक्षणमा टेवा पुगेको बताए ।

उनका अनुसार वन, पर्यावरण, चरिचरन रोकिएको र वनबाट बस्तीमा बन्यजन्तु जानबाट रोकिएर अन्नबाली सरक्षणमा टेवा पुगेको बताए । बेदकोट नगरपालिका ६का वडाध्यक्ष तुलसी रानाले सामुदायिक वनमा चुरे सरक्षण सञ्जालबाट भएको तारजाली निर्माणले दोहोरो लाभ भएकाले आगामी दिनमा स्थानीय सरकारबाट समेत थप सरक्षण गर्नुपर्नेमा जोडदिए ।

चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुवरले चुरे सरक्षणका लागि सामुदायिक वनमा तारबार गरिएको बताए ।अध्यक्ष कुँवरले मानव बन्यजन्तुविच हुने द्वन्द्व न्यूनिकरण गर्दै सहअस्थित्वको भावना जागृत गराएर वन, पर्यावरण एव मानिसमाथि बन्यजन्तुकोे आक्र्रमण रोक्ने बताए । यसका साथै चुरे सरक्षण सञ्जाल नेपालले चुरे क्षेत्र सरक्षणका लागि अन्य विवित कार्यक्रम समेत गर्दै आएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img