दोधारा चाँदनीमा ‘समुदाय विपद् स्वयंम सेवक तालिम’ सुरु

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरीले समुदाय विपद् स्वंमसेवक तालिम सुरु गरैको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरको सहकार्य र दोधारा चाँदनी नगरपालिकाको आयोजनामा दोधारा चाँदनी नगरपालिकामा गठन भएको उत्थानशिल युवा सञ्जाल र नगर प्रहरीलाई २१ दिने समुदाय विपद् स्वंमसेवक तालिम सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् ।

समुदायस्तरमा विपद् सम्बन्धी सूचना प्राप्तीमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धार तथा समन्वयात्मक रुपमा कार्य गर्ने उद्देश्यले समुदाय विपद् स्वंमसेवक तालिम सुरु गरिएको उहाँले बताउनुभयो । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून अवधिमा देशभर सरदर भन्दा बढी वर्षा हुने र अधिकतम तापक्रम पनि सामान्य भन्दा उच्च हुने पूर्वानुमान गरेको अवस्थामा बाढी, डुबान, गर्मी लहर जस्ता प्राकृतिक जोखिमहरु अझ बढ्न सक्ने सम्भावना रहेकोले समुदाय स्तरमा मानविय क्षती संगै धनमालको क्षती न्युनिकरण गर्न उत्थानशिल युवा सञ्जाल र नगर प्रहरीलाई समुदाय विपद् स्वंमसेवक तालिम सञ्चालन गरिएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् ।

विपदका समयमा बच्ने र बचाउने ज्ञान र सिप बढाउने विषय प्रशिक्षण गरिने सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्ट बताउनुभयो । विपद् व्यवस्थापनमा स्थानीय समूदायको भूमिकालाई मनन गरी समूदाय स्तरमा विपद् स्वयंसेवक तयार गर्न सशस्त्र प्रहरी बल नेपालले स्थानिय पालिकाहरु संग समन्वय गरी समुदाय विपद् स्वयंसेवक तालिम संचालन गर्ने अभियान अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा उत्थानशिल युवा सञ्जाल र नगर प्रहरीलाई तालिम सञ्चालन गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले बताउनुभएको छ् ।

विपद् घटनाहरुमा सबै भन्दा पहिला स्थानीय समूदायलेनै तत्काल काम गर्नुपर्ने भएकोले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तालिम सञ्चालन गरिएको कार्यक्रममा बताईएको छ् । सैद्धान्तिक कक्षापछि कृत्रिम घटनाको अभ्यास गराईने सशस्त्र प्रहरीले जनाएको छ् ।

समुदाय विपद् स्वंमसेवक तालिम उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरसपालिकाका प्रमुख किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्ट लगाएत नगर प्रहरी, उत्थानशिल युवा सञ्जालको टोलीहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार