गणतन्त्र दिवसको अवसरमा वेष्र्टन एकेडेमीद्वारा मैत्रीपुर्ण कबडी प्रतियोगिता


कञ्चनपुर : गणतन्त्र दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिका १८कटान महेन्द्रनगरमा रहेकोे वेष्टर्न एकेडेमीले मैत्रीपुर्ण कर्बडी प्रतियोगिता आयोजना गरेको छ ।
१८औँ गणतन्त्र दिवसको अवसरमा विद्यालयले विवित कार्यक्रम गरेकोे जनाएको छ ।

वेष्टर्न एकेडेमीका संचालक बिर्ख बहादुर मल्लले विवित कार्यक्रम गरेर दिवस मनाएको बताए । उनका अनुसार मैत्रीपुर्ण कर्बडी प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा आयोजक वेष्र्टन एकेडेमी र महाकाली जनसेवा माविविच भएको थियो ।

८अंककोे फराकिलो मतले आयोजकले जितेको छ । वेष्टर्न एकेडेमीका प्रिन्सिपल विवेकराज कलौनीकोे अध्यक्षतामा अखिल नेपाल कबडी संघका केन्द्रीय सचिव तर्कराज भट्टको प्रमुख आथित्यमा भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img