‘सङघीय लोकतान्त्रीक गणतन्त्र सर्वोत्तम शासन व्यवस्था’


राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर : जनसंघर्षबाट प्राप्त सङघीय लोकतान्त्रीक गणतन्त्र सर्वोत्तम शासन व्यवस्था भएकोमा जोड दिईएको छ । गणतन्त्र दिवसका अवसरमा शुक्लाफाँटा नगरपालिकामा आज आयोजित विचार गोष्ठीका सहभागीहरुले लोकतान्त्रीक गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने बताउनु भएको छ ।

नगर प्रमुख रण बहादुर महराले ऐतिहासिक जनआन्दोलन र जनयुद्धको फ्युजनबाट गणतन्त्र स्थापना भएको बताउनु भयो ।
उहाँले गणतन्त्रको विकल्प वंशीय शासन व्यवस्था हुन नसक्ने बताउनु भयो । “गणतन्त्र सहज रुपमा आएको होईन” उहाँले भन्नुभयो, “शहिदको बलिदानीले संभव भएको हो, शहिदको बलिदानीको उच्च सम्मान सत्य र न्यायका बाटोमा हिडनु पर्छ, गणतन्त्रका उपलब्धीको रक्षा गर्नु पर्छ ।” संविधानले प्रदान गरेका अधिकारको कार्यान्वयन गर्न कानुन परिमार्जन नहुदा सोचे जस्तो कार्य गर्न नसकिएको उहाँले बताउनु भयो ।

नगर उप प्रमुख कल्पना पन्तले सङघीय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्न संविधानको पूर्ण कार्यान्वयन हुनु पर्ने बताउनु भयो । जनताले मशानघाटमा मिल्काएको राजतन्त्र पुनः फर्केर आउन नसक्ने उहाँले उल्लेख गर्नु भयो ।
नगरपालिकाका निवर्तमान नगर प्रमुख दिल बहादुर ऐरले सङघीय लोकतान्त्रीक गणतन्त्रीक व्यवस्थाका विशेषता बारे जनजनलाई जानकारी गराउनु पर्ने बताउनु भयो । एकतन्त्रीय शासन व्यवस्था बन्दुको बलमा चलाएर जनताका अधिकारमा कुठाराघात गरेको उल्लेख गर्नु हुदै उहाँले गणतन्त्रमा जनताले अभिव्यक्तीको स्वतन्त्रता संगै वाक स्वतन्त्रता पाएको बताउनु भयो ।

नेकपा(एमाले)का नेता धिरेन्द्र साउदले गणतन्त्रको संस्थागत विकास गर्नका लागि इमान्दारीपूर्वक लाग्नु पर्नेमा जोड दिनु भयो । राष्ट्रिय जनमोर्चाका नेता राम बहादुर कार्कीले सत्तासिन राजनीतिक दलहरुले जनचाहना अनुरुप कार्य गर्न नसक्दा नैराश्यता बढेको बताउनु भयो । राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीका प्रधानाअध्यापक धन सिंह महराले लोकतान्त्रीक गणतन्त्र आएपछि नेपाली जनताको आयस्तरमा सुधार आएको बताउनु भयो । “केही भएन भन्ने भाष्य गलत छ” उहाँले भन्नुभयो, “जनअपेक्षा अनुसार विकास निर्माणले गति लिन नसकेपनि विगतको तुलनामा निकै विकास भएको छ, गणतन्त्र आफैंमा सुन्दर व्यवस्था हो, त्यस अनुरुप जनप्रतिनिधिमा नैतिकताको आवश्यकता छ ।”

नगरपालिकाको वडा नं ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले गणतन्त्र आएपछि जनताले घरदैलोमै सेवा पाएको बताउनु भयो । “सबै यस्तै हुन भन्ने नकारात्मक सोच हावी भएको छ” उहाँले भन्नुभयो, “यसलाई चिर्न जरुरी छ ।” विपि काँग्रेसका नेता डिल्लीराज पनेरुले प्रतिक्रीयावादीहरु सल्बलाउन थालेकाले त्यस विरुद्ध जनताले एकजुट हुुनु पर्ने उहाँले बताउनु भयो । बढदो भ्रष्ट्राचार निवारण गरी शुसानको अनुभूती नदिदा सम्म जनतामा छाएको नैराश्यता नहटनु उहाँको भनाई थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img