दोधारा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्रमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानिय समितिको एक बैठकले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न बिभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकामा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानिय समितिमा पदाधिकारी थप्ने, दोधारा चाँदनी नगरपालिकाको आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका बिशेष योजना समावेश गर्ने लगाएत बैठकमा निर्णय गरिएको शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका नेपाल–भारत संग जोडिएको खुला सिमा क्षेत्र भएको हुदा मानव बेचबिखनको ‘ट्रान्जिट’ पोईन्ट बन्र्दै गएको हुदा बिगतका दिनहरु देखि स्थानिय सरकार सरकार संग सहकार्य गर्दै नियन्त्रण कार्य गर्दै आएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको महाकाली झोलुङ्गे पुल र निमार्णधिन महाकाली पक्की पुलमा माईती नेपाल कञ्चनपुरले सुचना तथा परामर्श केन्द्र स्थापना गरि नगर क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी बिभिन्न क्रियाकलाप गर्दै आएको संयोजक महेश्वरी भट्टले बताउनुभएको छ् ।

माईती नेपाल कञ्चनपुरको सहयोग र सहकार्यमा सञ्चालन भएको बैठकका सभाध्यक्ष दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु रहनुभएको थियो ।
