कञ्चनपुर : जमिन माफिया दलाल समुह र बैकको मिलोमतोमा किसानको जमिन लिलाम गरेकोे भन्दै नेकपा विप्लव कञ्चनपुरले उक्त जमिन कब्जा गरेको छ । नेकपा विप्लव कञ्चनपुरले पुनर्वास नगरपालिका २मोतीबस्तीको जमिन माफिया दलाल समुह र बैकको मिलोमतोमा किसानको जमिन लिलाम गरेकोे भन्दै नेकपा विप्लवले उक्त जमिन कब्जा गरेको हो ।

विप्लवले उक्त जमिनमा ब्यानर टाँसेर कब्जा घोषणा गरेको छ । नेकपा विप्लव कञ्चनपुर नेताहरुले किसानको घरबार उठिबासी हुने गरेर बैंकले लिलाम गरेपछि कब्जा गरेर किसानको जमिन लिलामबाट जोगाउन कब्जा गरेको जनाएको छ । विप्लव कञ्चनपुरले जमिन दलाल समुहसग मिलोमतो गरेर बैंकले कुनैपनि किसानको जमिन लिलाम गर्न नहुने चेतावनी दिएको छ । यस्ता कार्य गरेर नागरिककोे पक्षमा पाटीले संघर्ष गर्ने उद्घोष गरेको छ ।







