कञ्चनपुर : कञ्चनपुरमा पनि विवित कार्यक्रम गरेर गणतन्त्र दिवस मनाईन लागेको छ । यस बर्षपनि १८औँ गणतन्त्र दिवस मनाईन लागेको हो । हरेक १५ जेठमा गाँउबस्तीदेखि केन्द्रसम्मै विवित कार्यक्रम गरेर दिवस मनाईन आएको छ । ०६२/०६३को दोस्रो जनआन्दोलन, १० बर्षिया जनयुद्धले २ सय ३८ बर्षे जहाँनिया शाहबश अन्त्य गरेसंगै १५जेठ ०६५सालमा पहिलो संविधान सभाको बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएयता दिवस मनाईदै आएको छ । सार्वजनिक विदासंगै गणतन्त्र पक्षधर दल, सरकारले दिवस मनाउँदै आएको हो ।

यस बर्षपनि कञ्चनपुरमा विवित कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउन लागेको जिसस कञ्चनपुर प्रमुख दुर्गादत्त बोहराले बताए । आइतबार जिससको हलमा आयोजित सरोकारवालासंगको बैठकले तीनदिन दिवस मनाउने निर्णय गरेकोे छ । उनका अनुसार केन्द्रीत कार्यक्रमका अतिरिक्त जिल्लामा थप कार्यक्रम गरेर १४, १५ र १६ गते कञ्चनपुर जिल्लाभरी दिवस मनाईनेछ । तीनदिनै सरकारी, गैर सरकारी कार्यालयमा दिपावली मनाईनेछ । १४जेठ बुधबारमा सरकारी कार्यालय, विद्यालय सहितका सार्वजनिक क्षेत्रमा सरसफाई गर्ने, दिदीबहिरी उद्दार समितिले ग्याँस पटकिएर घाईते महिलालाई राहत दिनेछन ।

१५ जेठमा होटल व्यवसायी संघका आयोजनामा अनाथालयमा फलफुल वितरण,प्याब्सनको आयोजनामा बक्तृत्वकला प्रतियोगिता, प्रहरीद्धारा गड्डाचौकीमा लागु औषध दुव्र्यसनी रोकथाम कार्यक्रम, साथीसंस्थाले संचालन गरेको सेफहाउसका हिन्सापीडित महिलालाई सहयोग, एनएनएसडब्लूले सकारात्मक सन्देश प्रकासन,बम्हकुमारी ईश्वरी विश्वविद्यालयद्धारा प्राथना, १६ जेठमा फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिनेछ । तर, जनताले तीनै तहका सरकारले सुशासन, विकास र नागरिक सेवामा निरन्तर काम गर्दै जनतालाई गणतान्त्रिक व्यवस्थाको व्यवहारिक अनुभूतिमा जोडदिदै आएका छन ।







