समाजवादी कञ्चनपुरको प्रशिक्षण, सरकार भ्रष्टाचार नियन्त्रण र विकास गर्न असफल


कञ्चनपुर, : नेकपा एकीकृत समाजवादी कञ्चनपुरको प्रशिक्षण कार्यक्रम भएको छ । मंगलबार महेन्द्रनगरमा नेकपा एकीकृत समाजवादी कञ्चनपुरको प्रशिक्षण कार्यक्रम भएको हो । समाजवादी कञ्चनपुरका उपसचिव महेशराज जोशीले विस्थारित बैठकदेखि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बताए ।

उनका अनुसार पाटी महासचिव घनश्याम भुसाल, सचिव गणेश विश्वकर्म, दिर्घ सोडारी, पोलिटूब्यूरो सदस्य प्रकास रावल, केन्द्रीय सदस्य बीर बहादुर बुढाथोकी, माया पन्त सहितका नेताहरुले वर्तमान एमाले, काँग्रेस नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रण गर्न, विकास र जनतालाई सेवा सुविधा दिन असक्षम भएको टिप्पणी गरेका छन ।

समाजवादीका नेताहरुले सरकारले विकास भन्दा पनि आफ्ना दलका भ्रष्टाचार गर्नेहरुलाई सरक्षण, फरक दलमाथि अन्याय गरिरहेको समेत दावि गरेका छन । नेताहरुले कम्युनिष्ट धुव्रीकरणदेखि समाजवादका लागि एकजुट हुनुपर्नेमा जोडदिएका छन ।

समाजवादीका तर्फबाट प्रालिका, प्रदेश र संघीय जनप्रतिनिधीहरुले जनपक्षीय काम गर्न समेत आब्हान गरिएको छ । पाटी जिल्ला अध्यक्ष जिवनराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लादेखि केन्द्रका नेता कार्यकर्ताहरुको सहभागिता रहेकोे थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img