जनतालाई जमिनको मालिक बनाउन भीनपा १३ मा ऐलानी जग्गा नापचाँज निरन्तर दिन्छौँ : वडाध्यक्ष झक्कास


खडक कोली/ कञ्चनपुर : कञ्चनपुरकोे भीमदत्त नगरपालिका एक वडामा ऐलानी जग्गा नापजाँच शुरु भएको छ । मंगलबारदेखि भीमदत्त नगरपालिका १३ नम्बर वडामा ऐलानी जग्गा नापजाँच शुरु भएको होे । वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले वडाको दक्षिण भूगोल जिरो प्वाईन्ट हात्तीसारबाट ऐलानी जमिन नापजाँच शुरु गरिएको बताए । वडाध्यक्ष झक्कासले बषौँदेखि भूमिहिन, सुकुमबासी रहेका नागरिकलाई जमिनको मालिक बनाउन ऐलानी जमिन नाप्न शुरु गरिएको बताए । ‘हामीलाई मेयर साप पदम बोगटीले भूमिको कामकाज बढाउन दिएको निर्देशन अनुरुप मैले आफ्नो वडामा यस अघि विवरण भरेका अव्यवस्थित बसोबासी नागरिकको जमिन नाप्न शुरु गराएको छु, ‘उनले भने, ‘पहिला अव्यवस्थित बसोबासीको जमिन नाप्छु, त्यसपछि भूमिहिन दलित र भूमिहिन सुकुमबासीका लागि जमिन खोज्छु ।’

आफुले चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप जनतालाई जमिनको स्वामित्व दिलाउने वडाध्यक्ष झक्कासले संकल्प गरेका छन । अझैपनि छुटफुटलाई समावेसका लागि आयोगसंग छलफल गरिने वडाध्यक्ष झाक्कासले बताए । भीनपा १३का वडा सचिव हर्क बहादुर धामीले यस अघि भूमिहिन दलित तर्फ १३, सुकुमबासी तर्फ ३ र अव्यवस्थित बसोबासी तर्फ ३ सय १८ जनाले फारम भरेको बताए । वडा सचिव धामीले नापजाँचको कामकाज शुरुवात भएसगै जग्गाधनी प्रमाण पत्र वितरणका लागि आयोग मार्फत अघि बढ्ने बताए । भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकास पन्तले भीनपा १३ले भूमि सम्बन्धी समस्या समाधान गर्न अग्रसर हुनुपर्नेमा जोडदिएका छन । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि प्रशाद रिजालले देशभर आयोगले तिव्र रुपमा जमिनकोे कामकाज अघि बढाएको बताउँदै नापजाँचसंगै लालपुर्जा वितरण गरिने बताए ।

१९ वडा रहेको भीमदत्त नगरपालिकाले सबै वडाहरुमा जमिन नापजाँच हुने जनाएको छ । भीमदत्त नगरका मेयर पदम बोगटीले नगरका सबै भूमिहिन सुकुमबासी जनता, अव्यवस्थित बसोबासी भूमिहिन दलितलाई चुनावी प्रतिबद्धता अनुरुप जमिनको मालिक बनाउने बताउँदै आएका छन । मेयर बोगटीले नगरपालिका संयन्त्र सहित सबै वडा जिम्मेबार निकायलाई भूमिको समस्या समाधान तर्फ गम्भिर भएर कामकाजमा खटिन आग्रह गर्दै आएका छन । यस अघिका भूमि आयोग कञ्चनपुरले दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी सहितका भूमिहिन जनतालाई लालपुर्जा वितरण गरिएको थियो । हात्तिसार गाँउदेखि शुरुवात गरिएको नापजाँचसंगै भीनपा १३का भूमिहिन जनता जमिनकोे मालिक बन्न पाउने आशामा रहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img