नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लि. शाखा महेन्द्रनगरमा पनि सञ्चालनमा


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा सुविधा सम्पन्न नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लिको शाखा सञ्चालनमा आएको छ । शनिवार एक कार्यक्रमको आयोजना गर्दै उक्त ल्यावको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय मेघराज खड्काले उद्‌घाटन गर्नु भएको छ ।

“सम्पूर्ण परिक्षण तथा प्रयोगशाला सेवा अब स्वदेशमै’’ भन्ने मूल नाराको साथमा उक्त ल्याव सञ्चालनमा आएको हो । प्याथ ल्यावका अध्यक्ष रुद्र कार्कीले विगत १३ वर्षदेखी देशका विभिन्न क्षेत्रमा ल्यावको सञ्चालन गर्दैगर्दा शनिबार महेन्द्रनगरमा १२ औ ल्यावको विधिवत् रुपमा उद्‌घाटन गरी सञ्चालनमा ल्याएको बताउनु भयो । आफु पनि स्वास्थ्यकर्मी भएको नाताले नेपालमा सबै प्रकारका जाँचहरू नहुने बाहिर पठाउनु पर्ने समस्या रहेको अवस्थामा अहिले नेशनल प्याथ लयाबले अब देशमा सबै परिक्षण गरी सेवा दिने बताउनु भयो ।

नेशनल प्याथ ल्यावका प्रबन्ध निर्देशक पवन जोशीले विगत १२ वर्ष देखी यही क्षेत्रमा रहेको यो नेशनल प्याथ ल्याब २ वटा ए ग्रेडका र १० वटा बी ग्रेडका प्याथ ल्याबबाट सेवा दिई रहेको बताउनु भयो । यो प्याथ ल्यावले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृत प्राप्त गरेको ल्याब रहेको र स्वास्थ्यलाई अतिआवश्यक पर्ने जाँचहरू १ देखी २ घण्टा भित्रै रिपोर्ट प्रदान गर्नेगरी सेवा दिने बताउनु भयो । साथै उहाँले बिरामीहरूको जीवन जोगाउनका लागि गुणस्तरीय रिपोर्ट सहुलियत दरमा समयमा प्रदान गर्ने गरी सेवा दिने बताउनु भयो । साथै उक्त प्याथ ल्याबले प्रत्येक महिनाका तिन दिन निशुल्क रुपमा सुगर, मृगौला सम्बन्धी जाँच पनि गरिरहेको बताउनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img