महेन्द्रनगर : नेपालकै अग्रणी तथा पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबको शाखा महेन्द्रनगरमा सञ्चालनमा ल्याएको छ, प्रयोगशालामा “सामान्य जाँचदेखि विशेष प्रकारका जाँचहरू महेन्द्रनगर मै सम्भव हुने गरि सम्पूर्ण अत्याधुनिक उपकरणहरू तथा दक्ष प्राबिधिक जनशक्तिहरू सहित दुई करोडको लागतमा नेशनल प्याथल्याबले महेन्द्रनगरमा शाखा स्थापना गरेको हो” । प्रयोगशालामा साइटोप्याथोलोजी, बायोकेमिस्ट्री, इम्युनोलोजी, सेरोलोजी, माइक्रोबायोलोजी तथा अन्य विभागहरू रहेका छन्।

किड्नी ट्रान्सप्लान्ट सम्बन्धी विभिन्न परीक्षणहरू, बाथरोग सम्बन्धी परीक्षणहरू, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर, पाठेघरको क्यान्सरको जाँच तथा अन्य क्यान्सरको जाँच र होलबडी चेकअपको प्याकेज समेत रहेको प्रबन्ध निर्देशक पवन जोशीले बताए। संस्थाका अध्यक्ष रुद्रब. कार्कीले गुणस्तरीय ल्याब सेवा प्रदान गर्नका लागि महेन्द्रनगरमा प्रयोगशाला स्थापना गरिएको र परीक्षणका लागि डिजिटल प्रविधिद्वारा घरबाटै नमुना सङ्कलन गर्न सकिने र बिरामी वा आफन्तले अनलाइन बाटै रिपोर्ट हेर्न सकिने व्यवस्था गरिएको जनाए। यसको साथै अब प्रयोगशाला सम्बन्धी जाचहरुको लागि काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य भएको छ, नमुना जाचका लागि बाहिर पठाउँदा धेरै समय लाग्ने र यसले बिरामीको उपचार समेत प्रभावित हुने गरेको उनले बताए साथै प्रयोगशालामा आर्थिक अवस्था विपन्न भएका बिरामीहरूको जाँच निशुल्क गर्ने अध्यक्ष कार्कीले बताउनु भयो । आगामी दिनमा ग्रामीण छेत्रमा जनचेतना जगाउने र विभिन्न स्वास्थ्य सम्बन्धी निःशुल्क शिविरहरू आयोजना गर्ने संस्थाका शाखा प्रमुख ज्ञानदेव जोशीले बताए। वि.सं. २०६९ सालमा बुटवलबाट सुरु भएको एन.पी.एल.का अहिले देशभर १२ वटा शाखाहरू छन् । नेशनल प्याथ ल्याबको प्रयोगशालाहरू काठमाडौँ, ललितपुर, चितवन, बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुलसीपुर, धनगढी र पोखरामा रहेका छन्।

जसमध्ये एन.पी.एल. काठमाडौँ र एन.पी.एल. बुटवल राष्टिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता प्राप्त प्रयोगशाला हुन्, साथै काठमाण्डौ र बुटवल ल्याब NABL (ISO १५१८९:२०१२) Accredited ल्याब रहेका छन्। महेन्द्रनगर शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा “B” ग्रेड मा सूचिकृत रहेको छ। एन.पी.एल.ले काठमाडौंमा ८ सय बढी इनहाउस परीक्षणहरू गदै आएको छ । स्याम्पल परीक्षण, कर्मचारी सङ्ख्याका हिसाबले नेशनल प्याथ ल्याब नेपालकै ठूलो ल्याबमा पर्छ । ‘नेपालमानै धेरै ल्याब र हस्पिटलहरुले नगर्ने जााँचहरु हामीले गदै आएका छौं,’ जोशीले थपे, ‘एन.पी.एल.ले ललितपुरमा नेपालकै पहिलो मोलिक्युलर जेनेटिक तथा साइटोजेनेटिक प्रयोगशाला स्थापना गरि नेपालमा नै जेनेटिक परिक्षण, साइटोजेनेटिक्स, न्युबर्न स्क्रिनिंग र फिश प्रबिधिबाट गरिने सम्पूर्ण परीक्षणहरू सुरु गरेको छ ।’

एन.पी.एल.ले फ्लोसाइट्रोमेट्री प्रबिधिबाट ब्लड क्यान्सर सम्बन्धी जााँचहरु, इम्युनोहिस्टोकेमिस्ट्री प्रबिधि बाट अन्य क्यान्सर सम्बन्धि जााँचहरु, पी. सी. आर. प्रविधिबाट इन्फेसीयस डिजिज सम्बन्धि जााँचहरु,इम्युनो फ्लोरेसेन्सर मल्टीप्लेक्स पीसीआर प्रविधिबाट जााँचहरु गर्दै आएको छ । यस्तै, रेस्पेरेटरी प्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइर्टस / इन्सेफ्लाइर्टस प्यानल लगायतका जाँचहरू पनि नेशनल प्याथ ल्याबमा उपलब्ध छन् ।






