कुतियावरमा भारतीय एसएसबीद्धारा नेपाली माथि कुटपिट, महिला सहित २५ जना घाईते

दोधारा । दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले सीमा क्षेत्रमै प्रवेश गरी नेपाली नागरिक माथि कुटपिट गरेका छन् । घटनामा महिला सहित करिब २५ जना स्थानीय घाइते भएको पीडितले बताएका छन् । स्थानीयवासीका अनुसार रातको समयमा भारत तर्फबाट आएका भारतीय सुरक्षाकर्मीहरु समूहमा आएर घरमै पसेर कुटपिट गरेका थिए ।

‘हामीलाई केही नबोली लाठी लिएर कुट्न थाले,’ एक पीडितले बताए । उनीहरुका अनुसार महिलाहरु समेत डरका कारण रातभर घर छाडेर भाग्न बाध्य भएका छन् ।’ स्थानीयहरुले भारतीय सुरक्षाकर्मीहरुबाट बारम्बार त्रास, धम्की र दुव्र्यवहार भोग्नुपरेको गुनासो गरेका छन् ।

‘सीमानामा बस्नै नसकिने भएको छ,’ अर्का स्थानीयले भने, ‘हामी आफ्नै देशमा असुरक्षित छौं ।’

ताजा समाचार