दोधारा चाँदनीमा ‘राज्य सुबिद्या परिचय पत्र’ बितरण गरिदै

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘राज्य सुविधा परिचय–पत्र’ बितरण गर्ने तयारी सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा सञ्चालन भएको राज्य सुबिद्या परिचय पत्र बितरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा एक महिना भित्र ‘राज्य सुविधा परिचय–पत्र’ बितरण गर्ने तयारी भईरहेको जानकारी दिईएको छ् । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुको सभापतित्वमा सञ्चालन भएको राज्य सुबिद्या परिचय पत्र बितरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकामा अति गरिव, मध्यम गरिव र सामान्य गरिव गरि तिन तहका विपन्नता भएका ब्यक्तीहरुलाई ‘राज्य सुविधा परिचय–पत्र’ बितरण गर्ने तयारी सुरु गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयका योजना अधिकृत भानदेव भट्टले जानकारी दिनुभएको छ् ।

सरकारले गरिब परिवारको पहिचानका लागि ‘राज्य सुविधा परिचय–पत्र’ प्रदान गर्ने भएको उहाँले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकामा १ हजार ६ सय ३१ जना अति गरिव, ९ सय ७१ जना मध्यम गरिव, ६ सय २६ सामान्य गरिव गरि जम्मा ३ हजार २ सय २८ जना ब्यक्तीहरुलाई ‘राज्य सुविधा परिचय–पत्र’ बितरण गर्न लागेका योजना अधिकृत भानदेव भट्टले बताउनुभएको छ् ।

राज्यले गरिबलाई दिने सबै सुविधा सोही परिचय–पत्रका आधारमा प्रदान गर्ने सरकारको योजना रहेको कार्यक्रममा बताईएको छ् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब परिचय पत्रको नाम परिवर्तन गरेर ‘राज्य सुविधा’ परिचयपत्र बनाएको हो ।

राज्य सुबिद्या परिचय पत्र बितरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, उपप्रमुख गंगा देबी जोशी, वडाध्यक्ष तथा वडा सचिवको सहभागिता रहेका थियो ।

 

ताजा समाचार