एक करोडको लगानीमा पक्की सडक निमार्ण हुदै, स्थानियबासीहरुमा खुशीयाली

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रु. एक करोडको लगानीमा कालोपत्रे सडक निमार्ण कार्यको सुभारम्भ गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा संघिय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गत शहरी बिकास तथा भवन निर्माण कार्यालयले पर्खाल सहित झण्डै ७ सय मिटर पक्की सडक निमार्णको सुभारम्भ गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ को सिआरपी चोक देखि चक्की बजार जाने कच्ची बाटोलाई कालोपत्रे बनाउन थालिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

ठुल्ठूला खाल्डा खुल्डीका कारण वर्षेनी सास्ती खेप्दै आएका स्थानीयवासी सो कच्ची सडक कालोपत्रे हुन थालेपछि स्थानियबासीमा खुशी छाएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । निमार्ण कार्यको जिम्मा पाएको न्यु हुनैनाथ निमार्ण कम्पनीले आउदो अषाढ मसान्तमा निमार्ण कार्य सक्ने लक्ष्य लिएको उहाँले बताउनुभएको छ् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले कालोपत्रे सडक निमार्ण कार्यको सुभारम्भ गर्नुभएको छ् । बाटो वर्षातमा हिलाम्मे र हिउदमा धुलाम्मे हुने गरेकाले बिद्यार्थीहरुलाई विद्यालय पुर्‍याउन र बजार सम्म पुग्न कठिन हुदै आएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ् ।

संघिय सरकारको सहयोग र दोधारा चाँदनी नगरपालिकाको पहलमा ७ सय बढी घरधुरीलाई आवतजावत गर्न सहज हुने वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो । सघीय सरकारले सडक स्तरोन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन संगै घर अगाडीको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीयवासी उत्साहित भएका उहाँको भनाई रहेको छ् ।

ओझेलमा परेको कृषी प्रवद्र्धनमा समेत सडकको महत्वपूर्ण भूमिका रहने वडाध्यक्ष बहेक क्षेत्रीले बताउनुभयो । पक्की सडक निमार्ण कार्यको सुभारम्भ कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य संदिप उपाध्याय, कमला उपाध्याय लगाएत निमार्ण कम्पनी, स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार