दोधारा चाँदनीमा सितल शुद्ध पानी उद्योग संचालन, ४५ लाखमा उद्योग सञ्चालनमा

दोधारा । पछिल्लो समय रोजगारीको खोजीमा परदेशीने युवाको संख्या दैनिक बढ्दो छ् । स्वदेशमा राम्रो रोजगारको अवसर नहुदा वैदेशिक रोजगारी नेपाली युवाका लागि अहिले बाध्यता जस्तै भएको छ् । बसाई सराईका कारण गाँउ सुनसान बन्न थालेका छन् । गाँउका विद्यालयमा विद्यार्थी संख्या घट्दै गइरहेका छन् । यस्तो अवस्थामा कञ्चनपुरको दोधारा चाँदनीका एक युवकले सितल पानी उद्योग सञ्चालनमा आएको छ् । दोधारा चाँदनी नगरपालिका– ९ निवासी वर्ष ४० का चन्द्रलाल कडेंलले सितल पानी उद्योग सञ्चालनमा ल्याएका छन् । पानीको जार बजारमा आए पनि बोतलको पानी भने केही दिन पछि मात्रै बजारमा आउने सितल ग्रुप पानी उद्योग सञ्चालक चन्द्रलाल कडेंलले बताउनुभयो ।

आफ्नो संगैका साथीहरु धेरै जसो कमाउन बिदेश गएको भएपनि आफुले गाँउमै बसेर केही गर्ने ईच्छा रहेको उहाँले बताउनुभयो । नगरपालिका क्षेत्रमा शुद्ध पानीको आवश्यकता तथा माँग अनुसार रु. ४५ लाख लगानीमा सितल पानी उद्योग सञ्चालनमा ल्याएको सितल पानी उद्योगका सञ्चालक चन्द्रलाल कडेंलले बताउनुभएको छ् । अहिले प्रति जार पानीको रु. ४० रुपिँयामा बिक्रि बितरण गरिरहेको उहाँले बताउनुभयो । ग्राहकको माँग अनुसार घर सम्म शुद्ध पानी पुर्‍याउने व्यवस्था गरिएको सञ्चालक चन्द्रलाल कडेंलले बताउनुभयो ।

उद्योगमा शुद्धतालाई बिशेष ध्यानमा राख्दै पानी उद्योग सञ्चालन गरिएको उहाँले बताउनुभयो । उद्योगी कडेंलले बजारमा हुने जार तथा बोतलको पानी बोरिङबाट निकाल्ने गरेको र आफुहरुले शुद्ध ९० फिटको पानी प्रोसेसिङ शुद्धीकरण गर्ने गरेको बताउनुभयो । आद्युनिक मसिनबाट पानीलाई शुद्धीकरण गरेको सितल पानी उद्योगको पानीको बजारमा माँग बढेर गएको उहाँको भनाई रहेको छ् ।

सरकारी निकाय खाद्य प्रविध तथा गुण नियन्त्रण विभागले मागेको मापदण्ड अनुसार उद्योग सञ्चालनमा ल्याएको सितल ग्रुप पानी उद्योग दोधारा चाँदनीले जनाएको छ् ।

 

ताजा समाचार