सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु सभापतिमा स्वतन्त्रबाट छत्र खड्काको उम्मेदवारी


संजय सिह महर / कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयले आफु मातहतका क्याम्पसहरुमा चैत्र २७ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरेको छ । उक्त २७ गते हुने निर्वाचनमा सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका छत्र खड्काले स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

सानै बाट राजनीतिमा चासो राख्ने छत्रले ‘विश्वविद्यालयमा भइरहेको भातृ साङ्गठनिक दलहरूको राजनीतिलाई हटाउन र विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार ल्याउन सभापतिमा उम्मेदवारी दिएको बताए ।’ उनको मूल नारा ‘निःशुल्क गुणस्तरीय तथा व्यवहारिक शिक्षा हाम्रो चाहना । गुणस्तरीय र व्यवहारिक शिक्षा विद्यार्थी सबैको इच्छाः रहेको छ । खड्काले विश्वविद्यालयमा रहेका स्वतन्त्र विद्यार्थी युनियनहरुलाई चुनाव हनुपर्छ र तालाबन्दी गर्नु भन्दा चुनावतिर मैदानमा आएर लड्न चुनौती समेत दिएका छन । उनी भन्छन् ‘विश्वविद्यालयमा सिस्टम ल्याउन चुनाव आवश्यक छ ।

स्ववियु निर्वाचन विद्यार्थीको हकमा छ र मत दिन पाउनु विद्यार्थीको अधिकार हो ।’ खड्काका एजेन्डाहरू विद्यार्थीहरूले रुचाएका छन एजेन्डा अनुसार काम गर्न सके विश्वविद्यालय बन्छ भन्ने विद्यार्थीले जनाएका छन । हरेक सङ्काय बाट असल विद्यार्थीहरू जोडेर टिम बनाएर अगि बढ्ने छत्रले बताएका छन । खड़्का भनछन ‘अवसर पाए सुदूरपश्चिम विश्वविद्यालय देश कै नमूना विश्वविद्यालय बनाउने छू ।’


Loading Viewer...

ताजा समाचार

spot_img