शुक्लाफाँटामा आर्यघाट जाने सडक कालोपत्रे हुदै


झलारी : शुक्लाफाँटा नगरपालिका ११ वनहरा नदी किनारामा रहेको आर्यघाट जाने सडक कालोपत्रे गर्ने कार्य अगाडी बढाईएको छ । आर्यघाट सम्मै सडक कालोपत्रेको कार्य हुन थालेपछि स्थानिय बासिन्दालाई सहज हुने भएको छ ।
नगरपालिकाको एक मात्रै रहेको आर्यघाट जाने सडक कालोपत्रे गर्ने कार्यको माग धेरै अघि देखि उठदै आएको थियो । स्थानिय बासिन्दाको मागलाई सम्बोधन गर्दै वडा कार्यालयको समन्वयमा सडक कालोपत्रे गर्ने कार्य हुन थालेको हो ।
एकिकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अन्र्तगतको भित्रको सडक निर्माणबाट बचेको रकमबाट सडक कालोपत्रे गर्ने कार्य हुन थालेको वडा अध्यक्ष शेर बहादुर साउदले बताउनु भयो ।

“फोहरमैला व्यवस्थापन केन्दै निर्माण कम्पनी र शहरी विकास कार्यालय संग सडक कालोपत्रे गर्ने कार्यका लागि पत्राचार गरयौं” उहाँले भन्नुभयो, “हाम्रो आग्रहलाई उहाँहरुले स्विकार गर्नु भयो, फिर्ता जाने रकमको सदुपयोग गरी सडक कालोपत्रेको कार्य हुन थालेको छ ।” आर्यघाट जाने सडक संगै फोहरमैला व्यवस्थापन केन्द्र जोडिएको छ । केन्द्र निर्माणको कार्य रमन केएस जेभीले गरि रहेको छ । केन्द्र निर्माणको कार्यमा संलग्न इन्जिनियर सरोज यादवका अनुसार आर्यघाट जाने सडकको कालापत्रे भैरहेको सडकको लम्बाई तीन सय ३५ मिटर रहेको छ ।

भने पूर्व पश्चिम राजर्माग देखि आर्यघाट जाने चार सय १० मिटर सडक यस अघिनै कालोपत्रे गर्ने कार्य भैसकेको छ ।
बाँकी बचेको ७९ मिटर सडक स्तरोन्नती गरी ग्राभेल राख्ने कार्य गरिने इन्जिनियर यादवले बताउनु भयो । आर्यघाटमा शव ल्याउने कार्यमा प्रयुक्त हुने सवारी साधनका लागि पार्किङ स्थलमा ग्राभेलिङ गर्ने कार्य समेत गरिएको छ । फोहरमैला व्यवस्थापन केन्द्र र आर्यघाट जोगाउनका लागि दुई सय २५ मिटर तारजाली र ढुङ्गाको प्रयोग गरी तटबन्ध निर्माण गर्ने कार्य पुरा गरिएको छ । आर्यघाटमा शवको दाहसंस्कार गर्ने स्थल निर्माणका लागि पहल भैरहेको वडा अध्यक्ष साउदले बताउनु भयो ।

स्थानिय बासिन्दा अतुल बहादुर ऐरले आर्यघाट तर्फ जाने सडक स्तरोन्नती नहुदा विगतमा दाहसंस्कारका लागि शव लैजान निकै समस्या रहेको बताउनु भयो । “सडकमा खाल्डा खुल्टी थिए, शव बाहनलाई टाढै राखेर पैदल काँधमा शव बोकेर लैजानु पर्ने अबस्था थियो” उहाँले भन्नुभयो, “सडक स्तरोन्नती गरी कालोपत्रेको कार्य गरिन थालेपछि आर्यघाट सम्मै शव बाहन पुग्ने भएकाले विगतको जस्तो झन्झट नहुने भएको छ ।” आर्यघाट सम्म सडक कालोपत्रे गर्ने कार्य गरिनु पर्ने पुरानै माग रहेको उल्लेख गर्नु हुदै उहाँले माग पुरा भएकोमा खुसि व्यक्त गर्नु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img