भानु बहुमुखी क्याम्पस दोधारा चाँदनीमा नेवि संघको प्यानल विजयी

दोधारा । कञ्चनपुरको दोधाराचाँदनीस्थित भानु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाली विद्यार्थी संघ (नेविसंघ) का सुवास नेगी निर्वाचित भएका छन् । साथै नेविसंघको पूरै प्यानल विजयी भएको छ । मतगणना सम्पन्न भएसँगै विजयी उम्मेदवारहरूको घोषणा गरिएको हो ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।

ताजा समाचार