क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा `जनसम्बन्ध विस्तार अभियान´ गरिदै

महेन्द्रनगर : क्रान्तिकारी कम्युनिष्ट पार्टी (बैद्य समुह) ले कञ्चनपुरसहित देशका चार स्थानबाट एकैसाथ जनसम्बन्ध विस्तार अभियान संचालन गर्ने भएको छ । सोमबारदेखि देशै भरी अभियान संचालन हुन लागेको पार्टीले जनाएको हो । आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पार्टीले कञ्चनपुरको गड्डाचौकी देखि जनसम्बन्ध विस्तार अभियान संचालन गरिने जनाएको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवम् चार नम्बर अभियान टोलीका इन्चार्ज कृष्णराज पौडेलले यथास्थिति र प्रतिकृयावादी शक्तिहरुको बिरुद्धमा अभियान संचालन गर्न लागेको बताए ।

पछिल्लो समय देशमा राजबादीहरुले चलखेल गरिरहेको बताउदै उनले ईतिहासका पाङगा कहिल्यै पछाडी नफर्किने बताए । नेपालमा राजनीतिक क्रान्ति अधुरै रहेको उनले बताए । जसको परिणाम स्वरुप मुलुक अहिले चारैतर्फबाट घेराबन्दीमा परेको पनि उनले बताए । यो देश बनाउने हो भने अधुरो राजनीति क्रान्ति र जनतामाझ गरेका बाचाहरु पूरा गर्नुपर्नेमा उनले जोड दिए । क्रान्तिकारी कम्युनिष्ट पार्टीले बिगतदेखी नै मुलुक र जनताको हितमा आवाज उठाउदै आएको बताउदै उनले देशमा आमूल परिवर्तनका लागि पुनः एकपटक जनता जागरुक हुनुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरका इन्चार्ज राम बहादुर महरा(चिन्तक)ले गड्डाचौकीदेखि शुरु भएको अभियान जिल्लाको दोधाराचाँदनी, ब्रम्हदेब, भीमदत्त नगर, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर सहितका स्थानमा संचालन गरिने बताए । यस विचमा सहिद परिवारदेखि सरोकारवालासंग भेटघाट गरिने उनले जनाए । कन्चनपुरमा चारदिन सम्म चल्ने उक्त अभियान अन्तर्गत कोणसभा , विरोधसभा, चोकसभा लगायतका कार्यक्रमहरु गरिने जनाइएको छ । जनसम्बन्ध विस्तार अभियानको बैशाख १८ गते काठमाडौमा समापन गरिने सो पार्टीले जनाएको छ ।

ताजा समाचार