होली खेलेको रकम पशुपतीनाथ मन्दिरका अपुरा संरचना निर्माण गर्न खर्च गरिने

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटा स्थीत पशुपतीनाथ मरिन्दरका अपुरा संरचनाको निर्माण कार्य पुरा गर्नका लागि होली खेलेर संकलन गरिएको रकम खर्च गरिने भएको छ । मन्दिर समितिले आयोजना गरेको होली कार्यक्रममा समितिका पदाधिकारी सहित स्थानिय बासिन्दाको सहभागीता रहेको थियो । तीन दिन सम्म होली खेल्ने कार्य गरिएको मन्दिर समितिका अध्यक्ष दान सिंह कुवँरले बताउनु भयो ।

“मन्दिर परिसरमा चौतारा निर्माणको कार्य अपुरो छ” उहाँले भन्नुभयो, “यज्ञशाला निर्माणको कार्य पुरा हुन सकेको छैन, हाली खेलेर आएको रकमले निर्माण कार्य पुरा गर्ने लक्ष्य लिएका छौं ।” मन्दिरका भौतिक संरचना निर्माणको कार्य यस अघि घर घरबाट मुठिदान सङकलन गरी र चन्दा दाताहरुको सहयोगमा निर्माण गरिएको उहाँले बताउनु भयो । केही संरचना निर्माणको कार्य आर्थिक अभावमा पुरा गर्न नसकिएकाले होली कार्यक्रमको आयोजना गरी रकम सङकनको कार्य गरि रहेको उहाँको भनाई रहेको छ ।

शिवरात्रीका अवसरमा मन्दिरमै मानसखण्ड यज्ञ लगाएर केही रकम संङकलन गरी चौतारा लगायतका संरचना निर्माणको कार्यको थालनि गरिएको उल्लेख गर्नु हुदै उहाँले रु २५ हजार जति मन्दिर समितिले उधारोमै कार्य गरेकाले रकम तिर्न बाँकी रहेको बताउनु भयो । मन्दिर समितिका पूर्व अध्यक्ष पान सिंह ठगुन्नाले मन्दिरका भौतिक संरचना निर्माणका लागि दातृ निकाय संगै स्थानिय तह र प्रदेश सरकार संग आग्रह गरिएको बताउनु भयो ।

“मन्दिर वरिपरीको पर्खाल निर्माणको कार्य अधुरोनै छ” उहाँले भन्नुभयो, “मन्दिरको जग्गामा घेरवार गर्न आर्थिक अभावले सकेका छैनौं, त्यसका लागि आवश्यक रकमको आवश्यकाता भएकाले दातृ निकायलाई गुहारेका छौं ।” स्थानिय समाजसेवीहरुको पहलमा विसं २०५८ सालमा मन्दिर निर्माण गरी चार मुखे भगवान शिवको मूर्ति स्थापित गरिएको छ । मन्दिर परिसरमा यज्ञशाला, धुनी घर, २५ फिट अग्लो भगवान शिवको मूर्ति राखिएको छ ।

ताजा समाचार