क्रान्तिकारी कम्युनिष्ट पाटी बैद्यको जनसम्बन्ध विस्तार अभियान

कञ्चनपुर: क्रान्तिकारी कम्युनिष्ट पाटी (बैद्य समुह)को जनसम्बन्ध विस्तार अभियान संचालन हुन लागेको छ । देशका कञ्चनपुर सहित चार स्थानबाट एकसाथ सोमबारदेखि अभियान संचालन हुन लागेको हो ।

क्रान्तिकारी कम्युनिष्ट पाटीका स्थायी कमिटि सदस्य एव ४नम्बर अभियान टोलीका इन्चार्ज कृष्णराज पाण्डेयले यथास्थिति र प्रतिकृयावादी शक्तिहरुको बिरुद्धमा अभियान संचालन गर्न लागेको बताए । उनले ईतिहासका पाङगा कहिल्यै पछाडी नफर्किने बताए ।

क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका इन्चार्ज राम बहादुर महरा(चिन्तक)ले गड्डाचौकीदेखि शुरु भएको अभियान जिल्लाको दोधाराचाँदनी, ब्रम्हदेब, भीमदत्त नगर, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर सहितका स्थानमा संचालन गरिने बताए । यस विचमा सहिद परिवारदेखि सरोकारवालासंग भेटघाट गरिनेछ ।

ताजा समाचार