सुदूरपश्चिम विश्वविद्यालय पाँचौं दीक्षान्तमा १३ सय ७७ जना विद्यार्थीहरु दिक्षीत हुँदै, फाराम भर्नेको संख्या ३ सय ७२

महेन्द्रनगर: सुदूरपश्चिम विश्वविद्यालयकोे पाँचौं दीक्षान्त समारोह हुने भएको छ। दीक्षान्त समारोह फागुन २५ गते एक कार्यक्रमको आयोजना गरि सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको प्राङ्गणमा आयोजना हुने भएको हो।

विश्वविद्यालयमा लगातार यो पाचौं दीक्षान्त समारोह बाट दीक्षित हुने विद्यार्थीको संख्या भने १३ सय ७७ जना रहेको छ। कार्यक्रममा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको आठौं ग्रेस लिष्टमा भएका १३ सय ७७ जना विद्यार्थीहरु दिक्षीत हुने दीक्षान्त समारोह मुल आयोजक समिति उपाध्यक्ष एवं सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रक अनुराधा रोकायाले बताउनु भएको छ।

उनका अनुसार, कार्यक्रममा विश्वविद्यालयका कुल पति एवं नेपाल सरकारका प्रधानमन्त्री केपि शर्मावलीकाे अध्यक्षता र मित्र राष्ट्र भारतकाे साेबन सिंह जीना विश्वविद्यालय अल्माेडा उत्तराखण्डका कुलपति प्राेफेसर सत्पाल सिंह विष्टकाे प्रमुख आतिथ्यतामा पाचौं दिक्षान्त समाराेहकाे आयाेजना हुने कार्यतालिका रहेको छ।
‘दिक्षीत हुनेमा ८औ ग्रेस लिष्टमा भएका १३ सय ७७ विद्यार्थीको संख्या भएपनि दीक्षित हुन कार्यक्रम बाट गाउन र टाेपि लगाएर दीक्षान्त समारोह भाग लिनका भने ३ सय ७२ जना विधार्थीले आवेदन दिएको छ।
दिक्षित हुनेमा स्नातक र स्नातकोत्तर तहका मानविकि तथा समाजशास्त्र , शिक्षा, व्यवस्थापन, ईन्जिनियरिङ, कृषि विज्ञान सहित ६ वटा विभिन्न संकाय रहेका छन् । भने यस पटक एमफिल गरेकाहरू समेत दिक्षित हुने परिक्षा छन्।

दिक्षित हुने मध्येबाट ११ जनाले पदक पाउने छन् । जसमा पहिलाे पदक चान्सलर पाउनेमा शिक्षाशास्त्र संकायका स्नातकोत्तर तहका पदमराज भट्ट रहेका छन् । उनले ३.४० सिजिपिए अंक प्राप्त गरेका छन् ।भ्वाईस चान्सलर पदक पाउनेमा टिकापुर क्याम्पसकि कृषि विज्ञान संकायमा स्नातक तहका कुशुम तिमिल्सिना रहेकि छिन् । उनले ३.९३ सिजिपिए प्राप्त गरेकि छिन ।

यस्तै अन्य भ्वाई चान्सलर पदक र स्वर्ण पदकबाट कार्यक्रममा सम्मानित हुने छन् । दीक्षान्त समाराेह कार्यक्रममा ३ सय ३० जना भन्दा अधिक विद्यार्थीका अभिभावक समेत सहभागी हुने छन् । कार्यक्रम विहान १० बजेबाट सुरु हुने छ।

ताजा समाचार