कञ्चनपुर: कञ्चनपुरमा रहेको पेसवान सामाजिक संस्थाले कंचनपुरका बेदकोट नगरपालिका र बेल्डाडी गाउँपालिकाका २० सामुदायिक विद्यालयमा न्यानो लुगा वितरण गरेको छ । विहिवार बेदकोट नगरपलिकाका ३ बिद्यालयमा न्यानो कपडा बितरण गरि कार्यक्रमको समापन गरिएको छ । दातृ निकाय चाईना फाउन्डेसनको सहयोगमा संस्थाले विद्यार्थीहरुलाई ट्रयाक सुट,टोपी, गलबन्दी, मोजा,पञ्जाहरु वितरण गरेको संस्थाका सदस्य दमन चन्दले जानकारी दिएका छन् । बेदकोट नगरपालिका ५ मा रहेको मुक्ति आधारभुत विद्यालयमा १ सय ४७ जना विद्यार्थी, वडा नं. १ को गणेश आधारभुत विद्यालयमा १ सय १४ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको संस्थाका सदस्य दमन चन्दले जानकारी दिए ।

यसैगरी बेदकोट नगरपालिका वार्ड नम्वर ७ मा रहेको घटाल माध्यामिक विद्यालयमा १ सय ४७ जना विद्यार्थी, बेलडाँडी गाँउपालिका १ मा रहेको कालिका आधारभुत विद्यालयमा १ सय ३० जना विद्यार्थीहरुलाई न्यानो कपडाहरु वितरण गरिएको उहाँले जानकारी दिनु भयो । संस्थाले यश वर्ष बेद्कोट र बेल्डाडी गाउँपालिकाक २० बिद्यालयका २५ सय बिद्यार्थीलाइ न्यानो लुगा बितरण गरि न्यानो लुगा वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । लगत्तै झोला स्टेसनरी तथा हाइजनिक कीट दोधाराचाँदनी नगरपालिका, पुनर्बास नगरपालिका र बेल्डाडी गाउँ पालिकाका ४७ बिधालयका १० हजार बिद्यार्थीलाइ बितरण गर्न लागेको बताएका छन ।







