वाणिज्य संघका अध्यक्ष जोशीलाई मातृशोक

कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष एव सुदूरपश्चिम प्रदेशका उद्यमी पिताम्बर जोशीलाई मातृशोक परेको छ । अध्यक्ष जोशी सहित समाजसेवी एव व्यवसायीत्रय जगदिश जोशी, सुरेन्द्र जोशी र बासुदेव जोशीलाई मातृशोक परेको हो । जोशी चारै दाजुभाईकी ममतामयी आमा कलावती देवी जोशीको ८६ बर्षको उमेरमा निधन भएको छ ।

बुधबार दिउँसो ४ बजेतिर भीमदत्त नगरपालिका ४महेन्द्रनगर निवासमै भएको जोशी परिवारले जनाएको छ । २२फागुन बिहान ९ बजेतिर निवासबाटै महाकाली नदीमा अन्येष्टी गरिजे जनाएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष पिलाम्म्बर स्व. कलावतीका माईला छोरा हुन । आमाको निधनसंगै जोशी परिवार शोकाकुल भएको छ ।

ताजा समाचार