महेन्द्रनगर : शुक्लाफाँटा नगरपालिका–८ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयका शिक्षकहरुले लामो समयदेखि तलब नपाएको भन्दै विद्यालय प्रशासनमा तालबन्दी गरेका छन्।

बुधबार विद्यालयमा कार्यरत शिक्षहरुले विद्यालयको प्रशासनिक भवनमा तालबान्दी गरेका हुन्। नीजि स्रोतका शिक्षकहरुले तलब नपाएको भन्दै विद्यालय प्रशासनमा तालाबन्दी गरेको शिक्षक गोविन्द ढाँटले बताए।

उनका अनुसार विद्यालयमा कार्यरत शिक्षक पुतली डगौरा, नन्दा साउँद, लक्ष्मी खड्काले र कैलाश नायकले ४÷५ महिनादेखि तलब पाएका छैन्। तलब नपाएको विषयमा विद्यालय प्रशासन र नीजि स्रोतका शिक्षकहरुबीच छलफल भइरहेको प्रधानाध्यापक राजेन्द्र पाण्डेयले बताए। ‘अहिले शिक्षकहरुले तलब नपाएको विषयमा छलफल गरिरहेका छौं,’ उनले भने।







