नेपालमा नयाँ प्रजातीको ‘बैजनी–बुंगे चरा अभिलेखिकरण

राजेन्द्रप्रसाद पनेरु /कञ्चनपुर, : नेपालमा नयाँ प्रजातीको चरा अभिलेखिकरण गरिएको छ । झापा जिल्ला मेचीनगर नगरपालिका वडा नं ८ काँकरभिट्टामा समुन्द्री सतहबाट एक सय ३३ मिटरको उचाईमा नयाँ प्रजातीको चरा ‘पर्पल रम्पड सनवर्ड’बैजनी–बुंगे चरा अभिलेखिकरण गरिएको छ । नेपाल पंछीविद् संघले प्रेस विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएको हो ।

चराविद् देवेन्द्र कुमार खरेलले चरा अबलोकनका क्रममा इस्वी सम्बत १९ फे्रबुअरी २०२५ विहान ८ बजेर ३० मिनेट जाँदा मेचीनगर क्षेत्रको आवासीय भवन परिसरमा रहेको एभोकाडो तथा सितलचिनीको रुखमा पहिलो पटक सो चराको भाले पोथी दुवै देख्नु भएको नेपाल बर्ड रेकर्ड कमिटिका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिनु भयो । उहाँका अनुसार नयाँ प्रजातीको चरा देखिए पछि लगातार दुई दिन सम्म सोही ठाँउमा चराको अभिलेख राख्ने कार्य गरियो । “पहिलो पटक देवेन्द्र कुमार खरेलले देख्नु भएको चरा त्यस पछि चरा विद्हरु अनिश तिमसिना, चक्र तिमसिना र शंकर लुइटेलले पनि अबलोकन गर्नु भयो” उहाँले भन्नुभयो, “चरा विद् खरेलले उक्त चराका तस्विरहरु खिची आफो तर्फबाट प्रारम्भीक पहिचान गर्नु भएको हो ।”
“चराको यकिन पुष्टयाईको लागि खरेलले यस नेपाल वर्ड रेकर्ड समिटि(एनविआरसी) मा विवरण सहित चराको तस्वीरहरु पठाए पछि हामीले प्राप्त विवरणको अध्ययन गरयौं” उहाँले भन्नुभयो, “राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविद्हरुसंग रायसुझाव संकलन गरयौं ।”

पासेरिफर्मेस बर्गको नेक्टरिनीडे परिवारमा पर्ने यो चरा बंगलादेश, म्यानमार, भारत र श्रीलंकामा आवासीय रुपमा पाईने गर्दछ । यी क्षेत्रमा यस प्रजातीको चराले प्रजनन पनि गर्दछ । विश्वमा यस चराको दुई उप प्रजाती एलजेड फ्लाभिभेन्ट्रिस र जेलोनिका अभिलेख भएका छन । नेपालमा अभिलेख भएको चरा एलजेड फ्लाभिभेन्ट्रिस हो । यस चराको वैज्ञानिक नाम लेप्टोकोमा जेलोनिका(लिनियस १७६६) रहेको छ । नेपालको अभिलेखमा चरा प्रजातीको सङख्यामा एउटा प्रजाती थप भएको छ । अब नेपालमा चरा प्रजातीको सङख्या आठ सय ९८ पुगेको छ ।

नेपालबाट लोप भएको आसंका गरिएको खैरो झाडीफिस्टो चिवनमा देखियो
नेपालबाट लोप भएको आसंका गरिएको खैरो झाडीफिस्टो चरा चितवनमा देखा परेको छ । चितवनको भरतपुरको महानगरपालिकाको दिव्यनगर स्थीत खेतवारीमा अभिलेख गरिएको छ । चराविद् प्रताप गुरुङले ८ डिसेम्बर २०२४ मा चरा अबलोकन गर्ने क्रममा दिउसो १२ बजेर ९ मिनेट जादा यो प्रजाती रेकर्ड गरेका हुन । चरा देखेर नौलो लागेपछि उहाँले यसको तस्वीर खिचेर प्रारम्भीक पहिचान गर्नु भएको नेपल बर्ड रेकर्ड कमिटिका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिनु भयो । उहाँका अनुसार २३ डिसेम्बर २०२४ मा चराको यकिन पुष्टयाईका लागि नेपाल बर्ड रेकर्ड कमिटिमा विवरण र तस्वीर चराविद् गुरुङ पठाउनु भएको थियो ।

कमिटिले प्राप्त विवरणहरुको अध्ययन गरी राष्ट्रिय– अन्तर्राष्ट्रिय पन्छीविद्हरु संग राय सुझाव सङकलन गरेपछि यसको पहिचान पुष्टि भएको अध्यक्ष सुवेदीको भनाई रहेको छ ।
खैरो झाडीफिस्टोको अंग्रेजी नाम ब्राउन बुश वार्बलर रहेको छ । वैज्ञानिक नाम लोकस्टेला ल्युटोभेन्ट्रिस(हजसन,१८४५) रहेको छ । पासेरिफर्मेस वर्गको लोकस्टेलिडे परिवारमा पर्ने यो चरा भुटान, चिन, भारत,म्यानमार,भियतनाम र थाइल्याण्डमा आवासीय रुपमा पाईन्छ । नेपालमा १९ औं शताव्दीको अभिलेख बाहेक पछिल्ला वर्षहरुमा यस चराको कुनै अभिलेख रहेको थिएन । यसलाई नेपालबाट लोप भएको सुचिमा राखिएको थियो । यो चरा पुनः नेपालमा फेला परे संगै अब लोप भएको सुचिबाट नेपालमा पाईने चराको सूचिमा समावेश भएको छ ।

ताजा समाचार