१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, आगामी १६ औं संस्करण बेदकोटमा

महेन्द्रनगर: १५ औं कञ्चनपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार शुक्लाफाँटा नगरपालिका–६ स्थित बैजनाथ माध्यमिक विद्यालयमा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको हो। १६ औं संस्करण जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेदकोट नगरपालिकाले आयोजना गर्ने भएको छ। जिल्लाका ९ वटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगिताको जिल्ला प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजना तथा शुक्लाफाँटा नगरपालिकाको सहआयोजनामा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आयोजना भएको थियो। प्रतियोगिता १६ फागुन देखि १८ सम्म आयोजना भएको हो। शुक्लाफाँटा नगरपालिकामा सम्पन्न १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको समापन संगै आगामी वर्षमा हुने १६ औं संस्करण जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता बेदकोट नगरपालिकामा आयोजना हुने भएको छ। आयोजक जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खड्का साथै समितिका पदाधिकारी,सह-आयोजक शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महराले बेदको नगरपालिका मेयर भोजराज बोहरा लाई झण्डा हस्तान्तरण गर्नु भएको हो।

कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुँबेर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा ९ वटै पालिकाहरुका जनप्रतिनिधिहरु, खेलाडी, राजनीतिक दलहरुका प्रतिनिधि, नगर खेलकुद समितिका अध्यक्षहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो।

ताजा समाचार