स्ववियु निर्वाचन०८१ : माओवादी निकट अखिल क्रान्तिकारीद्वारा कञ्चनपुरका क्याम्पसमा संगठन दर्ता

कञ्चनपुर:आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनका लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले कञ्चनपुरका क्याम्पसहरुमा संगठन दर्ता गरेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले जिल्लाभरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा संगठन दर्ता गरेको बताए ।

‘त्रिविले स्ववियुको निर्वाचनको कार्य तालिका प्रकासित गरेपछि हामीले तयारी अघि बढाएका थियौँ, ‘उनले भने, ‘सोही अनुरुप चुनाव हुने क्याम्पसहरुमा संगठन दर्ता गरिसकेका छौँ ।’ संगठन दर्तासंगै चुनावको तयारीमा जुटेको उनले बताए ।

ताजा समाचार