शुक्लाफाँटामा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, बेदकोट नगरपालिकालाई झण्डा हस्तान्तरण

बेदकोट नगरपालिकामा १६औं संस्करण जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने 

महेन्द्रनगर: १५ औं कञ्चनपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ।

शुक्रबार शुक्लाफाँटा नगरपालिका–६ स्थित बैजनाथ माध्यमिक विद्यालयमा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको हो।

जिल्लाका ९ वटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगिताको जिल्ला प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। शुक्लफाँटा नगरपालिकामा १५ औं जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्ने अवसर प्रधान गर्नु भएकोमा जिल्ला खेलकुद समिति कञ्चनपुर परिवारलाई हार्दिक धन्यवाद समेत दिनु भयो।

‘ प्रतियोगिता एक जिल्ला केन्द्रित मात्र नभई गाउँघरमा पनि आयोजना गर्ने अवसर जिल्ला खेलकुद समितिले दिएको छ, उक्त प्रतियोगिता सञ्चालनले गाउँघर र पालिकाको खेलकुद बिकासमा समेत टेवा पुग्ने बताए।’ यसै नगरपालिकाको भूमिमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेका थियौं, ‘जिल्ला स्तरीय प्रतियोगिता शुक्लाफाँटाका लागि ठूलो सिकाई भएको छ।’

कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजना तथा शुक्लाफाँटा नगरपालिकाको सहआयोजनामा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आयोजना भएको थियो। प्रतियोगिता १६ फागुन देखि १८ सम्म आयोजना भएको हो।

कार्यक्रममा बेदकोट नगरपालिका मेयर भोजराज बोहरा मन्तव्य दिदै जिल्ला स्तरीय खेलकुद छनौट प्रतियोगिताले खेलकुद क्षेत्रका गतिविधि लाई बढाएको छ, आयोजक खेलकुद समिति र सह-आयोजक शुक्लाफाँटा नगरपालिका लाई धन्यवाद समेत दिएका छन्। उनले भने , ‘ खेलाडी देशका गहना हुन हामिले संरक्षण गर्नु पर्छ।  स्वागत मन्तव्य जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाश गिरीले राखेका थिए। उनले जिल्ला खेलकुदको नेतृत्व आफूहरुले गरेपछि स्थानीय तहमै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता गर्ने कार्यको सुरुवात गरेको बताए।

प्रतियोगिता सम्पन्न गर्नमा आहरात्र खटिनु हुने सम्पुर्ण खेलकुद समितिका पदाधिकारी कर्मचारी, प्रशिक्षक, स्वयंसेवक, सुरक्षाकर्मी प्रतियोगिता सञ्चालन सचिवालय सदस्य, सहयोगी विद्यालय परिवार , सम्पुर्ण पालिका खेलकुद समिति अध्यक्ष, खेलाडी, खेलप्रेमीहरु र समाचार सम्प्रेषण गर्नमा सहयोग पुगाउने सञ्चारकर्मी पत्रकारहरु सह आयोजकको भुमिका निर्वाह गर्नु हुने शुक्लाफाँटा नगरपालिका परिवार लगायत लाई कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्काले हार्दिक धन्यवाद समेत दिनु भयो। उनले भने, आगामी दिनमा समेत कञ्चनपुर खेलकुद क्षेत्रमा बिकासका लागि सबैको सात सहयोग समेत आवश्यकता रहन्छ , खेलकुद लाई उच्च गर्न र राख्नमा सधै जिल्ला कार्यसमिति साथमा रहने बताए।

प्रतियोगिता सम्पन्न गर्नमा सहयोग पुगाउने विभिन्न संघसंस्था लाई सम्मान पत्र समेत आयोजकले हस्तान्तरण गरिएको छ। छनौट प्रतियोगिताको अंक तालिकामा भीमदत्त नगरपालिका २२ स्वर्ण, १६ रजत, ९ कांस्य साथ ४७ पदक साथ अग्रस्थानमा रहेको छ। शुक्लाफाँटा नगरपालिका १४ स्वर्ण, १३ रजत, ६ कांस्य सहित ३३ पदक संगै दोस्रो स्थान, कृष्णपुर नगरपालिका १३ स्वर्ण, १० रजत, १९ कांस्य सहित ४२ पदक ल्याउदै तेस्रो, बेदकोट नगरपालिका १० स्वर्ण, १२ रजत, १० कांस्य सहित ३२ पदक ल्याउदै चौथो, दोधारा चाँदनी नगरपालिकाले ४ स्वर्ण, ६ रजत, ८ कांस्य सहित १८ पदक साथ पाचौं, पुनर्वास नगरपालिका २ स्वर्ण, ४ रजत, ११ कांस्य सहित १७ पदक साथ छैटौं, बेलौरी नगरपालिका १ स्वर्ण, ३ रजत, ९ कांस्य सहित १३ पदक ल्याउदै सातौं स्थान, लालझाडि गाउँपालिका स्वर्ण बिहिन १ रजत, ८ कांस्य सहित ९ पदक रहेको छ। भने बेलडाँडी गाउँपालिकाले २ पदक ल्याएको छ। जसमा १ रजत र १ कांस्य पदकमा चित्त बुझाएको छ। छनौट प्रतियोगिताको फाइनल अंक तालिका भोलि सार्वजनिक गरिने छ।

शुक्लाफाँटा नगरपालिकामा सम्पन्न १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको समापन संगै आगामी वर्षमा हुने १६ औं संस्करण जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता बेदकोट नगरपालिकामा आयोजना हुने भएको छ। आयोजक जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खड्का साथै समितिका पदाधिकारी,सह-आयोजक शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महराले बेदको नगरपालिका मेयर भोजराज बोहरा लाई झण्डा हस्तान्तरण गर्नु भएको हो।

कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुँबेर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा ९ वटै पालिकाहरुका जनप्रतिनिधिहरु, खेलाडी, राजनीतिक दलहरुका प्रतिनिधि, नगर खेलकुद समितिका अध्यक्षहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो।

ताजा समाचार